ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहत वितरणमा एकरुपता नभएको भुकम्पपीडितको गुनासो , राहत वितरणमा समेत भेदभाव


एबीसी न्यूज
२३ कार्तिक २०८०, बिहिबार   ७ : ५२   बजे

काठमाडौ २३ कात्तिक । जाजरकोट र रुकुम पश्चिमका भुकम्पपीडितले राहत वितरणमा एकरुपता नभएको गुनासो गरेका छन् । भूकम्प गएको ६ दिन भइसक्दा समेत प्रभावितले राहत पाउन सकेका छैनन् । केहीले पाए पनि त्यो पर्याप्त नभएको पीडितको गुनासो छ । पीडितहरु खुला ठाउँमा बसिरहेका छन् । दिनदिनै बढिरहेको चिसोले प्रभावितलाई थप सास्ती थपेको छ ।चिसोबाट जोगिन उनीहरुले आवश्यक लत्ता कपडा पाउन सकेका छैनन् ।

सरकारले पहिलो चरणको उद्धारको काम समयमै गरे पनि राहत र पुनस्स्थापनामा ढिलाइ भइरहेको छ । अति विशिष्ठ, विशिष्ठ, नेता कार्यकर्ता तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, जनप्रतिनिधिहरु प्रभावित क्षेत्रमा पुग्ने क्रम रोकिएको छैन । दिनहुँजसो उनीहरुको भिड लाग्ने गरेको छ । तर, प्रभावितलाई राहत भने पुग्न सकेको छैन ।राहत वितरण भएका कतिपय ठाउँमा समेत भेदभाव भएको पीडिहरुले बताएका छन् ।

राजनीतिक पहुँचका आधारमा राहत वितरण भएको भन्दै पीडितहरुले गुनासो गरेका जाजरकोटका उज्यालो सहकर्मी बालकुमार शर्माले जानकारी दिए। उनका अनुसार आआफ्नो जिल्ला र निर्वाचन क्षेत्रलाई केन्द्रित गरी राहत बाँड्ने गरेको पाइएको छ ।यस्तै, विशिष्ठ व्यक्तिहरुको लर्को लाग्दा पनि राहत वितरण प्रभावित भएको छ । राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मीहरु उनीहरुको सुरक्षामा खटिने गरेका छन् ।

यसले गर्दा उद्धार र राहतका काममा असर पर्न थालेको हो । भूकम्पले घर भत्किएपछि प्रभावितहरुले घरबाट सामान निकाल्न पाएका छैनन् । खुला ठाउँमा बसेका सुत्केरी, गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगीहरु बढी मर्कामा परेका छन् ।
सडक छेउछाउमा केही राहत पुगे पनि ग्रामीण र दुर्गम क्षेत्रमा राहत पुग्न नसकेको रुकुम पश्चिमबाट उज्यालो सहकर्मी राजु लामिछानेले जानकारी दिए। गएको शुक्रवार मध्यराति जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा हजारौँ परिवार घरबासविहीन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu