ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पृथ्वीनारायण शाहको कर्मपछिको ठूलो कर्म यही हो- जनयुद्धबारे प्रचण्ड


एबीसी न्यूज
२३ कार्तिक २०८०, बिहिबार   ४ : ३३   बजे

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई पृथ्वीनारायण शाहको कर्मपछिको ठूलो कामको संज्ञा दिएका छन् । बिहीबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’द्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण कार्यक्रम उनले जनयुद्ध दिवसबारे टीकाटिप्पणी भइहरेको भन्दै त्यसलाई कसैले दबाउन नसक्ने बताए ।

“जनयुद्ध दिवसको निकै ठूलो टीकाटिप्पणी हुने गर्छ । मलाई के लाग्छ भने पृथ्वीनारायण शाहको एक खालको कर्मपछिको ठूलो कर्म नेपाली जनताले अघि ल्याएको भनेको यही नै हो,” उनले भने, “त्यसको अहिले जति दबाउन खोजे पनि इतिहासमा पटक–पटक त्यो उठिराख्छ ।”

उनले प्रधानमन्त्री भएपछि आफूले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेकोमा गर्व लागेको पनि बताए ।

“मैले प्रधानमन्त्री भएपछि पृथ्वी जयन्तीलाई बिदा दिने निर्णय गराएँ,” उनले भने, “मानिसहरूलाई प्रचण्डले के गर्‍यो भन्ने लाग्छ । तर, नेपाली इतिहासको ऐतिहासिक परिघटना थियो । जसले आधुनिक नेपाल निर्माणको प्रक्रियामा एउटा माइलस्टोन कोसेढुंगा०को भूमिका खेल्यो ।”

प्रचण्डले शान्ति सम्झौतापछिका प्रधानमन्त्तीले उक्त निर्णय गर्न नसकेको र आफूले आँट गरेको बताए । “शान्ति सम्झौतापछि धेरै प्रधानमन्त्री भए । कसैले गरेनन् । मैले आँट गरेँ,” प्रधानमन्त्रीले भने ।

उनले पुनको पुस्तकमा जनयुद्धका बेलाका घटनालाई घुमाएर प्रस्तुत गरेको भए राम्रो हुने बताए ।

“त्यतिबेलाका घटनाक्रम अलिकति घुमाएर भनेको भए हुन्थ्यो जस्तो लागेको हो,” उनले भने, “उहाँको सोझोपनले जस्ताको तस्तै राख्नुभयो ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu