ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थलमा जहाजको चाप– अन्तर्राष्ट्रिय दैनिक सय बढी र आन्तरिकतर्फ २८० सम्म


एबीसी न्यूज
२३ कार्तिक २०८०, बिहिबार   ४ : ३६   बजे

काठमाडौं, २३ कात्तिक ।  त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल टीआईएमा उडान–अवतरण चाप बढेको छ । दसैँयता अन्तर्राष्ट्रिय उडानरअवतरण दैनिक औसतमा एक सय उडान भइरहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

प्रवक्ता झाका अनुसार, आन्तरिकतिर दैनिक औसतमा २७५ देखि २८० उडानरअवतवरण हुन्छन् । रोजगारी वा अध्ययनका लागि विदेशमा गएका नेपालीहरु दसैँ, तिहार, छठ लगायतका पर्व मनाउन फर्किने र पर्यटकीय सिजनका कारण उडान संख्या बढेको प्रवक्ता झा बताउँछन् ।

उडानका संख्या बढेसँगै एयर ट्राफिकमा पनि चाप बढेको छ । जसले गर्दा केहिलेकाहीँ उडानरअवतरणमा ‘डिले’ हुने प्रवक्ता झाले बताए । यसवर्ष अन्तर्राष्ट्रिय र आन्तरिक गरी दुवैतिर उडान संख्याले रेकर्ड तोडेको छ । यसअघि सिजनको समयमा अन्तर्राष्ट्रियतिर औसतमा ८०र८५ र आन्तरिकतिर २३०र२४० उडानरअवतरण हुने गरेको थियो । पछिल्लो समय हवाईमार्ग हुँदै यात्रा गर्ने यात्रु बढेका छन् ।

पहिलेका २० सिटे क्षमताका जहाज थिए । तर, पछिल्लो समय ७२ सिटे जहाजहरुले उडान भरिरहेका छन् । “पहिले १८, २० सिटे जहाज हुन्थ्ये । धेरैजसो ७२ सिटे जहाज छन् । फ्लाइट संख्या कम हुँदा पनि यात्रुको संख्या बढेको छ,” प्रवक्ता झाले भने, “त्यहीमाथि फ्लाइट संख्यामा पनि उल्लेखनीय वृद्धि हुँदा हवाई मार्ग हुँदै यात्रा गर्ने यात्रुको संख्या बढेको छ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३१ वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेका छन् । आन्तरिकतिर १२ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आइरहेका छन् ।

कोरोना महामारीको लकडाउन हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा उडान ठप्प बनेको थियो । त्यसपछि उद्धारका लागि भनी २र४ वटा उडानबाट सुरु भयो । लकडाउन खुलेपछि विस्तारै नियमित उडान सुरु भएको थियो ।

विमानस्थलमा यसवर्ष उडा संख्याले नयाँ रेडर्कले राखेको छ । गत असोज ३० गते एक दिनमा ११४ वटा उडानरअवतरण भएका थिए । यो संख्या विमानस्थलको इतिहासकै सबभन्दा धेरै उडानरअतवरण भएको विमानस्थलका अधिकारीहरु बताउँछन् ।

कोरोना महामारीअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिजनको समयमा सबैभन्दा एक सयसम्म पुग्ने गरेको थियो ।

व्यवसायी भन्छन् स् ओहोर–दोहोर राम्रो छ

आन्तरिक उडानमा ६० प्रतिशत बढी हिस्सा लिन सफल भएको बुद्ध एयरले दैनिक ओहोर–दोहोर गरी १६० वटा उडान गरिरहेको प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए । चाडबाड र पर्यटकीय सिजन भएको कारण उडानमा चाप बढेको प्रवक्ता कर्णले बताउछन् ।

दसैँमा हालसम्मकै धेरै यात्रु बोकी नयाँ रेकर्ड कायम भएको उल्लेख गर्दै कर्णले तिहारमा यात्रु संख्या कम भए पनि पर्यटकीय सिजन भएकाले यात्रु चाप भने उत्तिकै रहेको जानकारी दिए ।

“दसैँमा हामीले एक दिनमा १० हजार बढी यात्रु उडाएर नयाँ रेकर्ड बनाएको छ । दैनिक नौ हजारको हाराहारीमा यात्रु उडायौं । दसैँको तुलनामा तिहारमा उडानको चाप अलि कम हुन्छ होला । तर, पर्यटकीय सिजनले गर्दा यात्रुको चाप भने राम्रो छ,” कर्णले भने ।

यता श्री एयरका प्रवक्ता अनिल मानन्धरले चाडबाडले गर्दा उडान बढेको बताउँछन् । हाल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट दैनिक १९ वटा उडान अनुमति लिएको दैनिक १८र१९ वटा उडान भर्न सफल भएको मानन्धरले बताए ।

“हामीले नियमित १७र१८ वटा उडान गर्दै आइरहेका छौँ । कहिलेकाहीँ १९ वटा उडानसम्म उडान हुने गरेको छ । चाडबाडको समयमा यात्रुको चहलपहल बढ्छ । तिहार सकिएसँगै घट्छ,” मानन्धरले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu