काठमाडौं, २३ कात्तिक । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । बिहीबार मकवानपुरको हेटौँडामा भएको विशेष साधारण सभाले अध्यक्ष नेम्वाङमाथिको अविश्वास प्रस्ताव अस्वीकृत गरेको हो ।
अविश्वास प्रस्तावका लागि भएको मतदानमा कुल ५३ मत खसेको थियो । जसमध्ये ५२ मत प्रस्तावको विपक्षीमा खस्दा एक मत बदर भएको हो । एन्फाको साधारण सभामा ८७ सदस्यसँग मताधिकार रहे पनि बाँकीले भने मतदान गरेनन् ।
नेम्वाङ गत वर्ष असार ६ गतेको साधारण सभाबाट एन्फा केन्द्रीय कार्यसमितिका आएका थिए । तर, भदौ २५ गते एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङको बर्खास्तीको माग गर्दै निवेदन दर्ता गराएका थिए ।
एन्फाको इतिहासमा नेम्वाङ अविश्वासको प्रस्ताव सामना गर्ने पहिलो अध्यक्ष हुन् ।
प्रतिक्रिया दिनुहोस्