ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा नर्सिङ पढ्न नपाएर भारत गएको तथ्यांक भेटिएन – सीटीईभीटी


एबीसी न्यूज
२४ कार्तिक २०८०, शुक्रबार   १ : १५   बजे

काठमाडौं, २४ कात्तिक । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकोे बैठक सकिनै लाग्दा चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष कडा रुपमा प्रस्तुत भए । त्यो बैठक कात्तिक १५ गते भएको थियो ।

प्रारम्भमा सामान्य ढंगले आफ्ना भनाइ राखेका थिए, उपाध्यक्ष डा। अञ्जनी कुमार झाले । पछि ‘पीसीएल ९प्रोफिसिएन्सी सर्टिफिकेट लेवल० नर्सिङ शिक्षाका लागि नेपाली विद्यार्थी भारतका कलेज गएको खबर’ प्रसंग आउँदा आक्रोश पोखेका थिए ।

उनले समितिमा आक्रोशयुक्त प्रश्नका फेहरिस्त तेर्स्याए, “बोर्डरपारि पीसीएल पढ्न गएको प्रमाण र तथ्य के छ रु कति विद्यार्थी कुन कुन युनिभर्सिटीका कलेजमा भर्ना भए रु यसको आधार तथ्य के–के छन् रु अनि भारतले बोर्डरपारि कति कलेज खोल्छ, के–के गर्छ, त्यसको जिम्मा हामीले लिने हो र ?

नेपालमा पीसीएल नर्सिङ कलेजहरु बन्द हुँदा ठूलो संख्यामा विद्यार्थी भारतका सीमामा पढ्न गएको खबरले अभिभावक र विद्यार्थीमा भ्रममात्रै छरेको उनले दाबी गरिरहे ।

त्यसलगत्तै सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको भनाइमा, ‘भारतका दुईवटा विश्वविद्यालयले नेपाल स्वास्थ्य व्यवसायी परिषद्लाई पत्राचार गरेर तिम्रा विद्यार्थी हामीकहाँ पढ्छन्, तिमी भिजिट गर्न आऊ । पछि फेरि रजिस्ट्रेसन गर्नुपर्ला भनेर पत्राचार गरेका थिए ।

तर, यो सञ्चार–माध्यममा आएको समाचारका आधारमा भनिएको उनले प्रष्ट पारे ।

वास्तवमै कति नेपाली विद्यार्थी नेपालमा पढ्न नपाएर भारत गए, कहाँ कसरी पढ्दै छन्, कहाँबाट गए भन्ने विषयको ठोस प्रमाण भने सीटीईभीटीले समेत देखाउन सकेको छैन ।

कलेज सञ्चालकहरुबाट खबरदारी भएको छ, बन्द रहेका कलेज खोल्न सरकारले अनुमति दिनुप¥यो, मापदण्ड खुकुलो बनाउनुप¥यो । अनि यसमा दोषी देखाइएको छ, ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लाई ।’

के छ ऐनमा व्यवस्था ?

पीसीएल नर्सिङ कार्यक्रम चलाइरेहका कलेज, सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबीचको यो विवाद राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ११ सँग जोडिएको छ ।

जसमा ‘विद्यार्थीको पढाइ र अभ्यास गर्न मेडिकलतिर कम्तीमा तीन सय तथा डेन्टल र नर्सिङतिर एकसय शैय्याको अस्पताल सञ्चालन नभएसम्म र आयोगले तोकेको अन्य मापदण्ड पूरा नगरेमा सम्बन्धित विषयको कार्यक्रम सञ्चालन गर्न शिक्षण संस्थालाई आशयपत्र प्रदान गरिने छैन’ भन्ने उल्लेख छ ।

यसमा आयोगको आफ्नै अडान र तर्क छ । ऐनले तोकेको मापदण्ड सीटीईभीटीले मान्दिनँ भन्न नपाउने आयोगका पदाधिकारी बताउँछन् ।

“ऐन लागू भएयता १३ वटा नर्सिङ कलेजले एकसय शैय्याको अस्पतालको मापदण्ड पूरा गरिसकेका छन् । करोडौँ लगानी परेका ती कलेज सञ्चालन गर्न सीटीईभीटीले प्रक्रिया अघि बढाउनभन्दा मापदण्ड नै नपुगेका कलेजबारे सीटीईभीटी किन टाउको दुखाइरहेको छ रु,” आयोगका मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक डा। दिलीप शर्मा प्रश्न गर्छन् ।

त्यसो त, शिक्षा तथा स्वास्थ्य समितिको तीन पटकको बैठक पीसीएल नर्सिङ कलेजको अवस्था, नर्सिङ जनशक्तिको उत्पादनलगायतकै विषयको छलफलमा बसिरहेको छ । तर, नेपालमा पीसीएल नर्स कति उत्पादन गर्नु आवश्यक छ, त्यसका लागि कतिवटा कलेजलाई सञ्चालन अनुमति दिने भन्ने विषयको टुंगो कुनै निकायले लगाउन सकेको छैन ।

कति कलेज बन्द भए रु कति सञ्चालनरत छन् ?

एक सय शैय्याको अस्पताल हुनुपर्ने मापदण्ड लागू भएयता पीसीएल नर्सिङ अध्यापन गराइरहेका ६६ वटा कलेज बन्द भएको सीटीईभीटीको तथ्यांक छ । हाल सीटीईभीटीका आंगिक, साझेदारी र निजी गरी देशभर पीसीएल नर्सिङ अध्यापन गराउने ५२ वटा कलेज सञ्चालनमा छन् ।

प्रत्येक कलेजमा ४० सिटका दरले दुई हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

पीसीएल नर्सिङका लागि अहिलेको सिट संख्या पर्याप्त नभएको भए पनि नेपालमा पढ्न नपाएर भारत गएको भन्ने खबरको आधिकारिक प्रमाण नभेटिएको सीटीईभीटीका उपनिर्देशक उमेश अर्याल बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu