ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीका रोल्पामा तीन कार्यक्रम, पुल र अस्पताल उद्घाटन गरेर सभालाई सम्बोधन


एबीसी न्यूज
२४ कार्तिक २०८०, शुक्रबार   १ : ५०   बजे

काठमाडौं, २४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार रोल्पामा आएर तीन वटा कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । हेलिकप्टरमा आएर प्रधानमन्त्री दाहालले एकरएक वटा पुल र अस्पतालको उद्घाटन गर्नेछन् भने एउटा जनसभालाई सम्बोधन पनि गर्नेछन् ।

रोल्पामा प्रधानमन्त्रीका तीन कार्यक्रम, पुल र अस्पताल उद्घाटन गरेर सभालाई सम्बोधन

दाहालले सहिदमार्ग अन्तर्गत थबाङमा निर्माण गरिएको पक्की सडक पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आजै काठमाडौंबाट नेपालगञ्जसम्म जहाजमा र त्यहाँबाट हेलिकप्टर मार्फत रोल्पा आउने प्रधानमन्त्री दाहालले बिहान १० बजे थबाङको पुल उद्घाटन गर्नेछन् । सहिदमार्ग आयोजनाका इन्जिनीयर नेत्र देवकोटाका अनुसार करिब ५ वर्षमा निर्माण भएको उक्त पुलको लम्बाई १ सय ६९ मिटर छ भने लागत १३ करोड ७ लाख रहेको छ ।

 

करिब डेढ दशक देखि निर्माणाधीन दाङको घोराहीदेखि रोल्पा हुँदै रुकुमको तकसेरासम्म पुर्‍याउने लक्ष्य लिइएको सहिदमार्गको लम्बाई २ सय २० किलोमिटर रहेको छ । हालसम्म उक्त आयोजनाको ४५ प्रतिशत कार्य सम्पन्न भएको छ ।

थबाङपछि प्रधानमन्त्री दाहालले रोल्पा सदरमुकाम लिबाङस्थित ५० शय्याको रोल्पा अस्पताल भवनको उद्घाटन गर्नेछन् । मध्यान्ह १२ बजे अस्पतालको उद्घाटन कार्यक्रम छ । करिब ८ वर्षमा निर्माण भएको उक्त भवनको लागत २९ करोड रहेको छ । विक्रम सम्वत २०१९ मा दाङ, प्युठान, रुकुम र सल्यानका केही स्थानलाई गाभेर नयाँ जिल्ला रोल्पाको निर्माण भएपछि जिल्लामा निर्माण भएको यो पहिलो अस्पताल भवन हो । प्रधानमन्त्री दाहाललाई उद्घाटन कार्यक्रममा बोलाएर रोल्पाको स्वास्थ्य अवस्थाबारे ध्यानाकर्षण गराउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

अस्पतालमा हाल अस्पतालमा ५ जना मात्रै चिकित्सक कार्यरत छन् । जबकी यहाँ एघारौं तहको चिफ कन्सलटेन्ट ९मेडिकल सुपरिटेन्डेन्ट०सहित १८ जना चिकित्सकको दरबन्दी छ । निमित्त मेडिकल सुपरिटेन्डेन्ट लोकरत्ना ज्ञवालीका अनुसार हाल अस्पतालमा स्वीकृत चिकित्सक दरबन्दी अनुसार सीएमएस, एमएस वा डाइरेक्टर हुन एक जना एघारौं तहका मुख्य कन्सल्टेन्ट चिकित्सक, नवौं वा दशौं तहका सिनियर कन्सल्टेन्ट चिकित्सक १० जना, आठौं तहका मेडिकल अधिकृत ७ जनासहित १३ जना नर्सिङ स्टाफको स्वीकृत दरबन्दी छ । बिरामी र चिकित्सक बीचको अनुपात १ः३२० जना छ ।

उक्त अस्पताललाई लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७६र७७ मा ५० शय्याको तहमा स्वीकृति प्रदान गरेको छ । अस्पताल ५० शय्याको संचालन भएमा विभिन्न क्षेत्रका विशेषज्ञ सेवा समेत संचालन गर्नुपर्ने अवस्था हुनसक्छ । त्यस तहको अस्पतालमा जनरल फिजिसियन सेवासहित बाल रोग, स्त्रीरोग, हाडजोर्नी, शल्यचिकित्सा, मानसिक, नाक, कान र घाँटी, एनेस्थेसिया लगायतका विषयका विशेषज्ञ चिकित्सक हुन आवश्यक छ ।

यस्तै, नर्सिङ स्टाफ लगायतका थप कर्मचारी भएमा मात्रै नयाँ भवनमा काम गर्न सहज हुने मेडिकल अधिकृत डा निरज घर्तीमगरले बताए । ५० शैय्याको अस्पतालमा कम्तीमा ११ जना विशेषज्ञ चिकित्सक हुनुपर्ने प्रावधान छ ।

यसपछि प्रधानमन्त्री दाहालले दिउँसो २ बजे सदरमुकाम लिबाङस्थित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीले संचालन गरेको गाउँ पुग्ने अभियान अन्तर्गत दाहालले रोल्पा नगरपालिकाको वडा नं ४ मा आयोजित सभालाई सम्बोधन गर्नेछन् ।

२०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा रोल्पाबाट निर्वाचित भएर प्रधानमन्त्री भएका दाहाल धेरैपटक रोल्पा आएका छन् । तत्कालीन माओवादी सशस्त्र युद्धका बेला भूमिगत भएका बेला दाहालले लामो समय यही बिताएका र रोल्पालाई नै मुख्य आश्रयस्थल बनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group