ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युएई संगको खेलमा नेपाललाई सुरुवाती सफलता


admin
२८ माघ २०७४, आइतबार   ५ : २१   बजे

काठमाडौं, २८ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत युएई संगको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। बर्षाले मैदान ओसिलो पारेका कारण आजको खेल ३४ ओभरमा घटाइएको छ।

खेलमा नेपालले सुरुवाती ३ विकेट लिएको छ। दुवै विकेट सोमपाल कामीले लिएका छन्। सोमपालले खेलको तेस्रो बलमै नेपाललाई सफलता दिलाए। उनले असरफ अहमेदलाई शून्य रनमा बोल्ड गरे। यस्तै उनले गुलाम सब्बरलाई १६ रनमा आउट गरे।

करण केसीले १ विकेट हात पारे। उनले युएईका कप्तान तथा ओपनर रोहान मुस्ताफालाई ७ रनमा विकेटकिपर दिलीप नाथबाट क्याच गराए।

युएईले ९ ओभरमा ३ विकेट गुमाएर ३४ रन जोडेको छ।

पहिलो खेलमा जित निकालेका दुवै टिम दोस्रो खेलमा पराजित भएका थिए। डिभिजन–२ को शीर्ष २ भित्र परेर एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन दुवै टिमका लागि खेल महत्वपूर्ण छ।

यसअघि नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाललाई ओमानले ६ विकेटले हराएको थियो।

युएईले पनि पहिलो खेलमा केन्यामाथि २ सय १८ रनको फराकिलो अन्तरको जित हात पारेको थियो। तर, दोस्रो खेलमा युएई क्यानडासँग २३ रनले पराजित भयो। क्यानडा प्रतियोगितामा दुवै खेलमा जित हात पार्ने एक्लो टिम हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group