ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप: अन्तिम खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी, अफगानिस्तान छैटौँ स्थानमा


ABC NEWS
२४ कार्तिक २०८०, शुक्रबार   १० : १७   बजे

अहमदाबाद, एजेन्सी। आईसीसी एकदिवसीय विश्वकपको समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पछ्याएको छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ४५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा १५ बल अगावै पछ्यायो ।

रासी भार डेर डुसेनले नटआउट रहँदै ७६ रन बनाएर टोलीलाई जीतसम्म डोर्याए । उनलाई एन्डिले फेलुकवायोले नटआउट रहँदै ३९ रन बनाएर राम्रो साथ दिए । ओपनर क्वीनटन डी ककले ४१ रनको योगदान दिए भने ऐडन मारक्रमले २५ तथा डेभिड मिलरले २४ रन बनाए । अफगानिस्तानका लागि मोहम्मद नाबी र रासिद खानले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले नटआउट रहँदै सर्वाधिक ९७ रनको पाली खेले । शतक बनाउन मात्र तीन रनले चुकेका उनले १०७ बलमा ७ चौका र ३ छक्का हिर्काए ।

अन्य ब्याट्सम्यानहरुले भने खासै ठुलो योगदान दिन सकेनन् । रहमत शाह र नुरु अहमदले २६–२६ रन बनाए भने ओपनर रहमानुल्लाह गुरबाजले २५ रन बनाए । दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजीले ४ तथा लुंगी एनगिडी र केशव महाराजले २–२ विकेट लिए ।

समूह चरणका ९ खेलपछि दक्षिण अफ्रिका १४ अङ्क बटुल्दै दोस्रो स्थानमा रहेको छ । टोली समूह चरणमा भारत र नेदरल्याण्ड्ससँग मात्र पराजित भएको थियो । अफगानिस्तान ८ अङ्क बनाउँदै छैटौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu