ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई इम्बार्क कलेजको साथ


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ३ : ४५   बजे

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा इम्बार्क कलेजले हायर एजुकेसन पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ।

सम्झौताअनुसार इम्बार्क कलेजले अवार्डका लागि छनोट हुने एक जना राष्ट्रिय खेलाडीलाई स्नातक वा स्नातकोत्तर तहको पूर्ण छात्रवृत्ति प्रदान गर्नेछ। छात्रवृत्तिको अधिकतम रकम १८ लाख रुपैयाँसम्म हुनेछ।

सम्झौतापत्रमा एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारी र इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आसिस ठाकुरको तर्फबाट निरज न्यौपानेले हस्ताक्षर गरेका हुन्।

यस्तै, एनएसजेएफ एकेडेमीले आयोजना गर्ने विभिन्न अनुसन्धान, तालिम तथा मेन्टरसिप कार्यक्रममा पनि इम्बार्क कलेजले सहयोग गर्नेछ। आगामी भदौ १८ गते काठमाडौंमा हुने अवार्ड समारोहको तयारी तीव्र पारिएको छ।

पिपुल्स च्वाइसमा पाँच खेलाडी

अवार्डअन्तर्गत पिपुल्स च्वाइस विधाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ। जसमा फुटबलकी पूजा राना, मिक्सड मार्सल आर्ट्सका रविन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मिना सुनार र कराँतेकी सानु माया थिङ रहेका छन्।

नौ विधामा पुरस्कार

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा विभिन्न नौ विधामा पुरस्कार प्रदान गरिनेछ।

  • वर्षको उत्कृष्ट खेलाडी पुरुष
  • वर्षको उत्कृष्ट खेलाडी महिला
  • युवा वर्ष खेलाडी
  • वर्ष प्रशिक्षक
  • पिपुल्स च्वाइस अवार्ड
  • लाइफटाइम अचिभमेन्ट अवार्ड
  • स्पेसल अवार्ड
  • पारा एथ्लिट अनर
  • एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड

अवार्डले नेपाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेल पत्रकारितामा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्य राखेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने

सम्बन्धित

टप एन्ड टी–२० सिरिज : नर्दन टेरिटरीसँग नेपाल ‘ए’ ८ विकेटले पराजित

टप एन्ड टी–२० मा नेपालको निराशाजनक सुरुआत, एनटी स्ट्राइकसँग ८ विकेटले पराजित

टप एन्ड टी–२० सिरिज : एनटी स्ट्राइकसलाई नेपाल ‘ए’ले दियो १२३ रनको लक्ष्य

टोटनहमले साभिन्होलाई ७५ मिलियन पाउन्डमा भित्र्याउने

नेपालमा ई–स्पोर्ट्सको रोमाञ्च : ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ हुँदै

टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज एनटी स्ट्राइकसँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu