ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्वाल्टार स्वास्थ चौकीमा भिजन सेन्टरको स्थापना


abc tv
२६ कार्तिक २०८०, आइतबार   ४ : २९   बजे

सिन्धुली । द रोटरी क्लब फाउन्डेसनको स्वास्थ्य कार्यक्रमअन्तर्गत आँखा स्वास्थ्य सेवालाई समुदायमा रहेका सबैका लागि पहुँच बढाउनका लागू अभियान थालिएको छ ।

शहरमा मात्र केन्द्रीत आँखा सेवा कार्यक्रमलाई समुदाय स्तरमै उपलब्ध गराउने उदेश्यका साथ अघि बढेको रोटरी क्लब रुद्रमती काठमाडौँको बिशेष योजनाका साथ सिन्धुली जिल्लाको गोलन्जोर गाउपालिकासँग सहकार्य गरी कार्तिक २० देखि २४ गतेसम्म गोलन्जोरका नेपालमै पहिलोपटक सबै वडामा कार्यरत स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ स्वयसेविकाहरुका लागि दुई छुट्टाछुट्टै आधारभूत आँखा स्वास्थ तालिम संचालन गरिएको छ ।

तालिमको साथै स्थानीय रुपमा सेवालाई निरन्तर तथा दिगो राख्न गाउपालिकाको वडा नम्बर ३ अवस्थित ग्वाल्टार स्वास्थ चौकीमा आवस्यक आँखा परीक्षणका उपकरणसहित भिजन सेन्टरको स्थापना समेत गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष शङ्करराज बराल, उपाध्यक्ष पुकार न्यौपानेको अगुवाई तथा विश्व रोटरी फाउन्डेसनका सल्लाहकार सुदिप कोइरालाको बिशेष समन्वय र प्रमुख भूमिका, गाउपालिकाकै वडा नम्बर ३ का वडाध्य्क्ष केपी पोख्रेल लगायत अन्य वडाका वडाध्यक्ष लगायत नेपाल रेड्क्रस उपशाखाका सभापति गौरव कार्की समेतको समन्वयमा स्थापना गरिएको उक्त भिजन सेन्टरको उद्घाटन रोटरी क्लब नेपाल भुटानका डिस्टिक गभर्नर राजेन्द्र धोजुले रोटरी नेपाल भुटानका अन्य पदाधिकारीहरुको उपस्थितिमा गरेका थिए ।

हेल्थ पोस्टमा स्थापित भिजन सेन्टरको संचालन सहित प्रत्येक वडाहरुमा सन्चालन हुने आँखा उपचार सेवा प्रभावकारी ढंगले सुचारु गर्नका लागि प्रशिक्षार्थीहरुका लागि संचालन गरिएको उक्त तालिममा सैद्धान्तिक सहित ब्यबहारिक ज्ञानका लागि निःशुल्क शिविरको समेत आयोजना गरिएको थियो ।

सो शिविरमा एक हजार २५३ जना बिरामीहरुलाई आँखा जाँच सहित निशुल्क औषधिीप्रदान गरिएको थियो । ५७५ जनालार्इ निःशुल्क चस्मा उपलब्ध गाराइएको थियो । ५ दिन सम्म चलेको सो तालिममा विभिन्न स्वास्थ चौकीका प्रमुख सहित अन्य स्वास्थ्यकर्मीहरु गरी २४ जना र १४ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका गरी ३८ जनाले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group