ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी देशमा छ टिकटक प्रतिबन्ध, सर्वसाधारणका लागि बन्द गर्ने थोरै


एबीसी न्यूज
२७ कार्तिक २०८०, सोमबार   ५ : २२   बजे

काठमाडौं, २७ कात्तिक । सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने मुलुकमा नेपालमात्रै भने होइन । यसअघि नै पनि विभिन्न देशहरूले टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएका छन् ।

तीमध्ये बढीजसो देशले सरकारी डिभाइसहरूमा मात्रै टिकटको प्रयोग प्रतिबन्ध गरेका छन् । केहीले पूर्णरूपमा आमनागरिकका लागि नै पनि टिकटक प्रतिबन्ध गरेका छन् ।

कुन–कुन देशमा छ प्रतिबन्ध ?

अफगानिस्तान

अफगानिस्तानको तालिबान सरकारले सन् २०२२ मै टिकटक र अनलाइन गेम पब्जीको प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

अस्ट्रेलियाको संघीय सरकारले सरकारी उपकरण ९मोबाइल र कम्प्युटरलगायत० मा टिकटकको प्रयोग प्रतिबन्ध गरेको छ । तर, आम सर्वसाधरणका लागि भने हैन ।

बेल्जियम

बेल्जियमले साइबर सुरक्षा, गोपनीयता र गलत सूचनाको चिन्ता व्यक्त गर्दै सरकारी स्वामित्वका उपकरणमा टिकटको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

क्यानडा

क्यानडाले पनि सरकारी डिभाइसमा टिकटकको प्रयोग प्रतिबन्ध गरेको छ ।

डेनमार्क

डेनमार्कको रक्षा मन्त्रालयले आफ्ना कर्मचारीले प्रयोग गर्ने फोनमा टिकटक प्रयोग गर्न प्रतिबन्ध गर्न रोक लगाएको छ ।

युरोपेली संघ

युरोपेली संघ ९ईयू०का तीन प्रमुख निकाय युरोपेली संसद, युरोपेली आयोग र ईयू काउन्सिलले आफ्ना कर्मचारीलाई उनीहरूका संस्थागत र व्यक्तिगत उपकरणमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

फ्रान्स

फ्रान्सले पनि डाटा सुरक्षाको चिन्ताका भन्दै सरकारी कर्मचारीको फोनमा टिकटक, ट्विटर र इन्स्टाग्राम जस्ता सोसल मिडिया एपको मनोरञ्जनात्मक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

भारत

भारतले सन् २०२० मा गोपनीयता र डाटा सुरक्षा चिन्ताको कारण टिकटक र मेसेजिङ एप विच्याट जस्ता दर्जनौँ चिनियाँ एपमा सबैका लागि पूर्ण प्रतिबन्ध लगाएको थियो ।

न्युजिल्यान्ड

न्युजिल्यान्डका सांसद र संसद्का कर्मचारीलाई कामको उपकरणमा टिकटक प्रयोग गर्न प्रतिबन्ध छ ।

नर्वे

नर्वेले सरकारी कर्मचारीलाई सरकारकातर्फबाट उपलब्ध फोनमा टिकटक चलाउन प्रतिबन्ध गरिएको छ ।

ताइवान

सन् २०२२ को डिसेम्बरमा ताइवानले टिकटकमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

बेलायत

बेलायतले सरकारी मन्त्री र निजामती कर्मचारीले प्रयोग गर्ने मोबाइल फोनमा टिकटक चलाउन रोक लगाएको छ ।

अमेरिका

अमेरिकाले सरकारी डिभाइसहरूमा टिकटकको प्रयोगमा रोक लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group