काठमाडौं, २८ माघ । खप्तडमा केबलकार संञ्चालन गरि पर्यटकीयस्थलका रुपमा विकास गर्न खुत्रुके अभियान सञ्चालन गरिएको छ । प्रदेश नंं ७ को प्रादेशिक महोत्सव उद्घाटनको अवसरमा खप्तड केवलकार संञ्चालनका लागि प्रतिव्यक्ति दश रुपैयाँको खुत्रुके अभियान सुरु गरिएको हो।
डोटी दिपायल सिलगढी नगरपालिकाको ४ नं। वडाका वडाध्यक्ष वीरेन्द्र शाहले उक्त अभियानको थालनी गरेका छन्। ‘खप्तड क्षेत्रमा केवलकार निर्माण गर्ने भनी सरकारी तथा निजी क्षेत्रबाट पटक पटक छलफल भयो तर कसैले पनि निर्माण कार्यको थालनी गरेन’ वडाध्यक्ष शाहले भने ‘अब हामी आफै खप्तड क्षेत्रमा केबलकार निर्माण गर्नुपर्छ भन्ने उद्देश्यका साथ यो अभियान थालेका हौं ।’
डोटी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका शाहले यो अभियान प्रदेश नं। ७ का सबै जिल्लाहरुमा सञ्चालन गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्