ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाइटीका कसरी लगाउने ? पाँच कि सात रंगको टीका लगाउने ?


एबीसी न्यूज
२९ कार्तिक २०८०, बुधबार   १० : ५३   बजे

काठमाडौं, २९ कात्तिक ।  तिहारको भाइटीका लगाउँदा विभिन्न विधि तथा पद्धति अपनाउनु राम्रो हुने बताइएको छ । भाइटीका लगाउनुभन्दा अगाडि, लगाउँदा र लगाइसकेपछि के–के कसरी गर्ने त्यसको आ–आफ्नै विधिशास्त्रीय मान्यता छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सभापति प्रा। डा। माधवप्रसाद भट्टराई टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पूर्वबाट पश्चिम फर्किनुपर्ने बताउँछन् । उनले भने, “टीका लगाइमाग्ने मान्छे पूर्व फर्किएर बस्नु राम्रो हुन्छ । दिदीबहिनी पश्चिम फर्किएर दाजुभाइलाई टीका लगाइदिनुपर्छ ।”

कता फर्किने भन्ने कुराको निर्धारण चन्द्रमाको अवस्था हेरेर गरिएको उनको भनाइ छ । विधिपूर्वक भाइटीका लगाउने हो भने सुरुमा दियो, कलश र गणेशको पूजा गर्नुपर्छ ।

“त्यसपछि अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । दीर्घायूको कामना गर्न अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ,” उनले भने, “अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा गर्नुपर्छ ।”

दाजुभाइको पनि लामो आयु होस् भनेर यसरी पूजा गरिने विधिशास्त्रीय परम्परा रहेको उनी बताउँछन् । महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूर्जा गर्नु पर्ने उनको भनाइ छ ।

“यसरी पूजा गरिसकेपछि दाजुभाइलाई उपयुक्त स्थानमा राख्नुपर्छ । त्यसपछि दिदीबहिनीले दाजुभाइलाई बीचमा पारेर पानी र तेलको धाराले छेक्नु पर्छ । तेल र पानीले छेक्दा सकेसम्म तेल र पानीको धारा नटुटेको राम्रो हुन्छ,” उनले भने, “दाजुभाइलाई टीका लगाइदिँदा ढोकामा ओखर फुटाउने चलन छ । ओखर फुटाउनुको अर्थ अनिष्ट तत्व घरभित्र नपसोस् भनेर हो । दाजुभाइलाई कुनै पनि अनिष्टले दुःख नदियोस् भनेर हो । ओखर फुटाउनु अनिष्टलाई फुटाएर कष्ट नास गरिएको संकेत हो ।”

दाजुभाइको आयु लामो होस् भनेर यमराजसँग कामना गरिन्छ । यसपछि सप्तरंगी तथा पञ्चरंगको टीका लगाउनु पर्ने प्रा।डा। भट्टराई बताउँछन् ।

कसैले पाँच र कसैले सात रंगको टीका लगाउने गरेको उनले जानकारी दिए । पाँच वा सात, जति रंगको टीका लगाए पनि फरक नपर्ने उनको भनाइ छ ।

“सात रंग जुटाउन नसक्दा पाँच रंगको टीका लगाउने चलन छ । तर, आजकाल सात रंग नै पाउन धेरै कठिन छैन । तिहारमा रातो, निलो, पँहेलो, हरियो र सेतो रंगको टीका लगाउने परम्परा छ ।

सात रंग नै प्रयोग गर्नुको कारण सप्तरंगी इन्द्रेणी जति राम्रो हुन्छ, त्यति सात रंगको टीका पनि राम्रो हुन्छ भनेर हो,” उनी अगाडि थप्छन्, “हाम्रा दाजुभाइलाई सुन्दर बनाउनुपर्छ, सात रंगजस्तै दाजुभाइको जीवन पनि रंगीन होस् भनेर सात रंगको टीका लगाउने गरिएको हो ।”

जिन्दगीमा सुख, दुःख, उकाली, ओराली छन् । राम्रा नराम्रा दुवै अनुभूति दाजुभाइको जिन्दगीमा हुन्छ । त्यसको प्रतीकका रूपमा पनि टीकामा रंगहरूको प्रयोग गरिएको उनले स्पष्ट पारे ।

“रंगहरूको प्रतीकात्मक रूपमा अलगअलग अर्थ पनि छ । मित्रता, त्याग, ऊर्जा र शक्ति, शान्तिको प्रतीकका रुपमा रंगलाई प्रयोग गरिएको हो तिहारको टीकामा,” समिति सभापति प्रा।डा। भट्टराई भन्छन्, “टीकालाई राम्रो पनि मानिन्छ, किनभने जिन्दगीमा पनि सौन्दर्य हुनुपर्छ भन्ने हो । पहिला सेतो रंगको ठाडो रंग लगाएर त्यसमाथि अन्य रंग लगाउनु अर्थ राम्रो पार्नु हो । यसको अर्थ जीवनलाई पनि यसरी लगाइने सुन्दर टीकाजस्तै राम्रो सुन्दर बनाउनु पर्छ भन्ने हो ।”

दाजुभाइलाई सात अथवा पाँच रंगको टीका लगाइदिएपछि उनीहरूले सगुनको रूपमा खाने कुरा दिनुपर्छ । खाने कुरामा दाजुभाइलाई मिठो लाग्ने मिठाइ दिनु पर्ने उनको भनाइ छ । खास गरी अहिले बजारमा पाइने विभिन्न प्रकारका मिठाइभन्दा पनि शुद्ध घ्यूमा पकाएको सेल रोटी, अर्सा तथा अनर्सा दिने परम्परा रहेको उनको भनाइ छ ।

“यससँगै ऋतुफल अर्थात् मौसमी फलफूल पनि दिनु पर्ने विधिशास्त्रीय मान्यता छ,” उनी भन्छन्, “यसबाहेक उपहार दिने पनि चलन छ । तर, यो अनिवार्य होइन । सक्नेले दिए पनि हुन्छ । नसक्दा नदिए पनि हुन्छ ।”

दिदीबहिनीले सगुन र उपहार दिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिनु पर्ने उनको भनाइ छ । “दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर दक्षिणा दिनुपर्छ । दक्षिणा गक्ष र इच्छाअनुसार दिने हो,” उनी भन्छन् ।

केही वर्षअघिसम्म दाजुभाइले दिदीबहिनीलाई अक्षताको टीका लगाइदिने गरे पनि पछिल्लो समय सप्तरंगी टीका लगाइदिने गरेको पाइन्छ । “दिदीबहिनीलाई पनि सप्तरंगी टीका लगाइदिँदा केही फरक पर्दैन । लगाउँदा हुन्छ,” उनले भने ।

दिदीबहिनीबाट टीका लगाइसकेपछि दिदीबहिनीले दिएको मिठाइ र फलफूल त्यही दिन खानु पर्ने प्रा।डा। भट्टराईको भनाइ छ । “शास्त्रमा भ्रातृ द्वितियाको दिन दिदीबहिनीले दिएको दाजुभाइले खानु भनेर उल्लेख गरेको छ,” उनी भन्छन् ।

यो वर्ष आज भाइटीका लगाइँदै छ । भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group