काठमाडौं, १ मंसिर । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर काठमाडौंमा सञ्चालित ब्रिटिस कलेजले आफू नेपालको प्रमुख शैक्षिक संस्थान बन्न खोजिरहेको बताएको छ ।
विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा खुलेका कलेजबारे हालै प्रकाशित समाचारको खण्डन गर्दै ब्रिटिस कलेजले विज्ञप्ति जारी गरेको छ ।
सोही विज्ञप्तिमा कलेजले उच्च गुणस्तरको शिक्षा प्रदान गर्न आफू प्रतिबद्ध रहेको दाबी गरेको हो ।
आफूले सम्बन्धन पाएको बेलायती विश्वविद्यालय राम्रो र्याकिंङमा रहेको र उक्त विश्वविद्यालयले शुल्क पनि कम गरेको कलेजले जनाएको छ ।
नेपालमा खुलेका विदेशी कलेजले आन्तरिक शिक्षा प्रणाली ध्वस्त बनाए १ के भन्छ शिक्षा मन्त्रालय रु
कलेजमा बेलायत र नेपालका एकेडेमिक्स रहेको र तीमध्ये पीएचडी गरेका पनि रहेको कलेजको भनाइ छ ।
कलेजले आफ्नो शिक्षा पद्धतिको निरीक्षण हुने गरेको र त्यसैले आफ्ना उत्पादनहरू विश्व र नेपाल टपर भएको र रोजगारी पाउनेमा पनि अब्बल रहेको दाबी गरेको छ ।
त्यसैले “कुनै पनि प्रश्न वा चासो भएका जो कसैलाई पनि स्पष्टिकरणका लागि आउन ब्रिटिस कलेजले खुला निमन्त्रणा प्रदान गर्दछ, भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्