ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिकटकमाथि पूर्ण प्रतिबन्ध – इरान, सोमालिया, नेपालसहित ६ देश


एबीसी न्यूज
१ मंसिर २०८०, शुक्रबार   २ : ०५   बजे

काठमाडौं, १ मंसिर । सरकारले गत सोमबारदेखि टिकटक सञ्चालनमा पूर्ण प्रतिबन्ध गरेको छ । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेको भन्दै तत्कालका लागि बन्द गर्ने निर्णय सरकारले गरेको थियो । नेपालमा जसरी टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने देशको संख्या भने निकै न्यून छ । टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने देशमध्येमा नेपाल, भारत, अफगानिस्तान, इरान, किर्गिस्तान र सोमालिया रहेका छन् ।

नियमन गर्न छोडेर सरकारले किन बन्द गर्‍यो टिकटक  ?

भारतले भने सन् २०१९ मै भूराजनीतिक तनावका कारण पब्जी, टिकटकलगायत ५० भन्दा बढी चिनियाँ एप प्रतिबन्ध गरेको थियो । अफगानिस्तानमा तालिबान सरकार आएपछि उनीहरूले सन् २०२२ को अप्रिलमा टिकटक प्रतिबन्ध गरेका थिए । इरान सरकारले टिकटक आफ्नो देशमा प्रचलित कानुनविपरीत भएको भन्दै गत मेमा प्रतिबन्ध गरेको थियो ।

किर्गिजस्तानले बालबालिकाको मानसिक विकास र समग्र विकासमा प्लेटफर्मले असर पारेको भन्दै गत अगस्ट ३० मा टिकटक बन्द गरेको थियो । सोमालियाले पनि गत अगस्टमै टिकटक, टेलिग्राम, वानएक्सबेट लगायतका एपमाथि प्रतिबन्ध लगाएको थियो ।

नेपाललाई टिकटकको पत्र– प्रतिबन्धको कारण खुलाऊ, माग सम्बोधन गर्छौं

अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, नर्वे, बेल्जियमलगायत अन्य युरोपेली देशहरूले भने खासगरी सरकारी उपकरण र सरकारी अधिकारीले प्रयोग गर्ने उपकरणहरूमा मात्रै टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन् ।

यी देशमा छ टिकटक प्रतिबन्ध, सर्वसाधारणका लागि बन्द गर्ने थोरै

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितलाई जाजु र शारडा ग्रुपको ६० लाखको राहत

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu