ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार महिनामा नेपाललाई टिकटकलगायत १० कम्पनीले तिरे १० करोडभन्दा बढी कर


एबीसी न्यूज
१ मंसिर २०८०, शुक्रबार   २ : ०९   बजे

काठमाडौं, १ मंसिर । टिकटक, फेसबुकलगायत १० कम्पनीले नेपाललाई चार महिनामा १० करोडभन्दा बढी कर तिरेका छन् ।

विद्युतीय सेवा कर डिजिटल सर्भिस ट्याक्स०सम्बन्धी कार्यविधि, २०७९ अन्तर्गत दर्ता भएका विदेशी कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०र०८१ को साउनदेखि कात्तिक मसान्तसम्म उक्त कर तिरेका हुन् ।

ठूला करदाता कार्यालयका अनुसार यसरी कर तिर्नेहरूमा इन्टरनेटरको सेवा दिने कम्पनीहरू छन् । इनटरनेटमार्फत सेवा दिने गुगल, अमेजन, लिंकेडीन, मेटा अन्तर्गतको सबै, माइक्रोसपलगायत हालसम्म १० वटा कम्पनी कर प्रयोजनका लागि नेपालमा दर्ता भएको ठूला करदाता कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए ।

यी कम्पनीबाट भ्याट र डिजिटल सर्भिस ट्याक्स गरेर चालु आर्थिक वर्षको चार महिनामा १० करोड रुपैयाँ सरकारलाई उपलब्ध भएको उनी बताउँछन् ।

“अहिले ठ्याक्कै यति उठ्यो भन्न त सकिँदैन केही दिनअघि हेरेको तथ्यांकका आधारमा यो कार्यविधिअन्तर्गत दर्ता भएका १० कम्पनीले १० करोडभन्दा बढी कर तिरेका छन्,” उनले भने, “तर, सामाजिक सञ्जाल मात्र दर्ता भएका छैनन् । यसमा कार्यविधिमा उल्लेख गरिएका कम्पनीहरू दर्ता भएका छन् । सामाजिक सञ्जाल मात्र हैन ।”

त्यस्तै, टिकटक भने गत भदौदेखि ठूला करदाता कार्यालयमा दर्ता भएको ती अधिकारीले बताए ।

नेपाली उपभोक्तालाई इन्टरनेटमार्फत सेवा दिएबापत कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । यो कार्यविधिअनुसार विज्ञापन सेवा, चलचित्र, टेलिभिजन, संगीत, ओभर द टप ९ओटीटी० र सदस्यतामा आधारित यस्तै अन्य सेवा, तथ्यांक संग्रह सेवा, क्लाउड सेवा, गेमिङ सेवा र मोबाइल एप्लिकेसनसम्बन्धी सेवा दिने विदेशी कम्पनीले नेपालमा कर तिर्न दर्ता हुनुपर्ने व्यवस्था छ ।

त्यस्तै, इन्टरनेट, बजार स्थान ९अनलाइन मार्केट प्लेस० सेवा र यसमार्फत उपलब्ध गराइने वस्तु तथा सेवा, सफ्टवेयरको आपूर्ति र अद्यावधिकरण, नेपालका वासिन्दा व्यक्तिबाट संकलित तथ्यांकको बिक्री, तथ्यांक, तस्बिर लगायतका डाउनलोड सेवा, शिक्षा, परामर्श, सीप विकास तथा तालिम सेवा, इ–बुक, इ–पुस्तकालय, इ–पत्रिका सेवा ठूला करदाता कार्यालयमा दर्ता हुनुपर्नेछ ।

यो कार्यविधि बनेपछि यस्ता प्लेटफर्महरू दर्ताका लागि आउने गरेको ती अधिकारीले बताए ।

“विद्युतीय सेवा करसम्बन्धी कार्यविधि, २०७९ लागु भएपछि १० वटा डिजिटल सर्भिस कम्पनीहरू दर्ता भएका छन्,” उनले भने, “अरू पनि दर्ता हुने क्रममा छन् । पछिल्लो समय दर्ता भएको टिकटक हो । यी कम्पनीले आफ्नो प्रतिनिधिमार्फत दर्ता गराउने गरेका छन् । कर प्रयोजनका लागि मात्र दर्ता भएका हुन् ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group