ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ हजार ९० नेपाली विद्यार्थी अमेरिकामा अध्ययनरत, साढे ६२ अर्ब बुझाए


एबीसी न्यूज
१ मंसिर २०८०, शुक्रबार   २ : १६   बजे

काठमाडौं, १ मंसिर । अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको रहेको छ ।

इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन र यूएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्सले हालै सार्वजनिक गरिएको ‘ओपन डोर्स रिपोर्ट २०२३’ मा अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको रहेको देखाइएको हो ।

रिपोर्टका अनुसार शैक्षिकसत्र सन् २०२२र२३ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या १५ हजार ९० छ । अघिल्लो शैक्षिकसत्रको तुलनामा २०२२र२३ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या २७।९ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो शैक्षिकसत्र सन् २०२१र२२ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ११ हजार ७९९ रहेको थियो । उक्त वर्ष अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा १२औँ ठूलो संख्या नेपालीको थियो ।

रिपोर्टअनुसार अमेरिकामा अध्ययनरत कुल अन्तर्राष्ट्रिय विद्यार्थीमा नेपालीको हिस्सा १।४ प्रतिशत छ ।अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा सबैभन्दा ठूलो संख्या क्रमशः चीन, भारत, दक्षिण कोरिया, क्यानडा, भियतनाम, ताइवान, नाइजेरिया, जापान, ब्राजिल, साउदी अरब र नेपालीको छ ।

शैक्षिकसत्र २०२२र२३ मा दुई लाख ८९ हजार ५२६ चिनियाँ विद्यार्थी, दुई लाख ६८ हजार ९२३ भारतीय विद्यार्थी र ४३ हजार ८४७ दक्षिण कोरियाली विद्यार्थी अमेरिकामा अध्ययनरत रहेको रिपोर्टमा उल्लेख छ ।

अघिल्लो वर्षको तुलनामा शैक्षिकसत्र २०२२र२३ मा अमेरिकामा भारतीय विद्यार्थी ३५ प्रतिशतले बढेका छन् । यस्तै, घानाका ३२ प्रतिशतले, बंगलादेशका २८, नेपाली २७।९, पाकिस्तानका १६, कोलम्बियाका १३, इटालीका १० र स्पेनका विद्यार्थी ५ प्रतिशतले बढेका छन् ।

रिपोर्टका अनुसार शैक्षिकसत्र सन् २०१५र१६ मा नौ हजार ६६२, २०१६र१७ मा ११ हजार ६०७, २०१७र१८ मा १३ हजार २७०, २०१८र१९ मा १३ हजार २२९, २०१९र२० मा १२ हजार ७३०, २०२०र२१ मा ११ हजार १७२, २०२१र२२ मा ११ हजार ७९९ र २०२२र२३ मा १५ हजार ९० नेपाली विद्यार्थी अमेरिकामा अध्ययनरत छन् ।

शैक्षिकसत्र २०२२र२३ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या हालसम्मकै उच्च रहेको रिपोर्टमा उल्लेख छ । अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको सबैभन्दा ठूलो संख्या यसअघि २०१७र१८ मा १३ हजार २७० थियो ।

अमेरिकामा हाल अध्ययनरत नेपाली विद्यार्थीमध्ये ६ हजार २८८ जना अन्डरग्रयाजुएट, पाँच हजार ५४२ ग्रयाजुएट, ८९ नन–डिग्री र तीन हजार १७१ जना ओपीटी तहमा अध्ययनरत छन् ।

शैक्षिकसत्र २०२२र२३ मा नेपाली विद्यार्थीले अमेरिकी अर्थतन्त्रमा ४७ करोड अमेरिकी डलर ९करिब ६२ अर्ब ५७ करोड रुपैयाँ० योगदान गरेको रिपोर्टमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group