ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सरकारलाई लाठी चाहिन्छ, प्रहरी समायोजन ऐन केही दिनमै ल्याउँछु – प्रधानमन्त्री


एबीसी न्यूज
१ मंसिर २०८०, शुक्रबार   ४ : २८   बजे

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संघीय लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्ने प्रयासमा रहेको बताएका छन् । संघीयता जनताका लागि हितकारी छ भन्ने सावित गर्न तीन वटा ऐन तत्काल कार्यान्वयनमा ल्याइने उनले घोषणा गरे ।

प्रचण्डका अनुसार प्रहरी समायोजन ऐन, कर्मचारी ऐन र शिक्षा ऐन कार्यान्वयनमा ल्याउने अन्तिम तयारी सरकारले गजरेको छ । आँबुखैरनीमा अस्पताल उद्घाटन समारोहमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।

प्रचण्डले भने, ‘संघीयता देशका लागि हितकारी छ भन्ने सावित गर्न तीनवटा ऐन अलि अपरिहार्य हुन्छ भन्ने सबैले बुझेका छन् । मैले अलि बढी बुझेको छु कि भन्ने दाबी छ मेरो । प्रहरी समायोजन ऐन, कर्मचारी ऐन र शिक्षा ऐन । यी ऐन भए मात्रै प्रदेश सरकार सरकारजस्तो हुन्छ, नत्र हुँदैन ।’

प्रधानमन्त्रीले आफ्नै कार्यकालमा तीनवटै ऐन आउने बताए । प्रहरी समायोजन ऐन बनिसकेको र कार्यान्वयनमा आउन मात्रै बाँकी रहेको उनको भनाइ छ ।

‘म चार दिनदेखि लगातार प्रहरी, गृहमन्त्रालयसँग प्रधानमन्त्री कार्यालयमा छलफलमा छु । केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयन ल्याउँछु । प्रदेश सरकारसँग लाठी चाहिन्छ । लाठी नभइ सरकार हुँदैन । जोसँग सेना छैन पुलिस छैन, ल एन्ड अर्डर कसरी कायम गर्ने रु त्यसैले लाठी हुनेछ । दोस्रो, कर्मचारी हो ।

संघीय निजामति ऐन पनि धेरै मिहिनेत गरेर बनाइएको छ । गठवन्धनभित्र सहमति भएको छ । क्याबिनेटबाट पास भएको छ । सदनभित्र लगेर पारित गर्ने कुरा हो । संघीय शिक्षा ऐन सदनमा पुगिसकेको छ । समितिमा छलफल भएको छ । परिमार्जन सहित पारित हुन्छ । तीन वटा ऐन टुंगिएर प्रदेश सरकार शक्तिशाली हुनासाथ जनताले सिंहदबार घरदैलोमा आएको महसुस गर्नेछन्’, प्रचण्डले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group