ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा प्राविधिकसहित पुनर्निर्माण स्वयंसेवक परिचालन गर्ने


एबीसी न्यूज
४ मंसिर २०८०, सोमबार   १ : ५९   बजे

काठमाडौं, ४ मंसिर ।   नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिमसहितका जिल्लामा पुनर्निर्माण स्वयंसेवक परिचालन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीका तर्फबाट प्रभावकारी हुने गरी स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार कांग्रेसले एकजना प्राविधिक ज्ञान भएको दक्ष व्यक्तिसहित १० जनाका दरले २५ समूह परिचालन गर्ने निर्णय गरेको छ । महामन्त्रीद्वयले गरेको बिफ्रिङअनुसार त्यहाँ गएर खाने बस्ने व्यवस्था गर्न कठिन हुने भएकाले प्रत्यक समूहले आफ्ना लागि खानेकुरा समेत लगेर आफै बस्ने व्यवस्था गरी बढीमा पाँच दिन त्यहाँ काम गर्नेछन् ।

“त्यहाँ बस्ने र खाने व्यवस्थापन आफैले गरेर अस्थायी निवास निर्माणमा काम गर्नुपर्ने आवश्यक रहेको महामन्त्रीबाट बिफ्रिङ भयो,” प्रचार विभाग प्रमुख विश्वकर्माले  भने, “त्यसैले एकजना प्राविधिक ज्ञान भएको व्यक्तिसमेत राखेर १० जनाको समूह बनाएर २५ वटा समूह पहिलो चरणमा खटाउने निर्णय भएको छ । ती स्वयंसेवकले सुत्केरी, बुढाबुढी भएका परिवारलाई प्राथमिकतामा राखेर अस्थायी आवास निर्माण गर्नेछन् ।”

उनले स्थानीयस्तरमा परिचालन गर्ने स्वयंसेवक समेत नभएकाले आसपासका क्षेत्रबाट पठाउने जानकारी दिए ।

महामन्त्री गगन थापाले सुत्केरी, वृद्धवृद्धा र बिरामी भएका परिवारमा तत्काल अस्थायी आवास निर्माण गरेर सार्न नसके चिसोका कारण मृत्यु बढ्ने अवस्था रहेको बताएका थिए । महामन्त्री थापाले सरकारले अस्थायी आवास निर्माणका लागि घोषणा गरेको ५० हजार राहत समेत नपुग्दा पीडितहरुले थप पीडा बेहोरिरहेको भन्दै राहत रकम पनि तत्काल जिल्ला दैवीप्रकोप राहत कोषमा जम्मा गरेर स्थानीय तहका जनप्रतिनिधिलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका थिए ।

बैठकमा पहिलो चरणमा भूकम्प प्रभावित जिल्लाको भ्रमणबाट फर्किएका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ब्रिफिङ गरेका थिए ।

सभापति देउवाले स्वयंसेवक परिचालनका लागि निर्देशिकासमेत दिएर पठाउनुपर्ने भन्दै आवश्यक छलफल गरी स्वयंसेवकलाई ‘फिल्डमा पठाउन’ निर्देशन दिएका छन् । त्यसका लागि भोलि नै बैठक बसेर आवश्यक तयारी पूरा गरी केही दिनभित्रै स्वयंसेवक परिचालनको व्यवस्था मिलाउन लागिएको विश्वकर्माले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group