ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व मुख्यसचिव पौड्यालको संयोजकत्वमा गृह मन्त्रालय सुधार्न समिति गठन


एबीसी न्यूज
४ मंसिर २०८०, सोमबार   २ : ५७   बजे

काठमाडौं, ४ मंसिर । गृह मन्त्रालय सुधारका लागि कार्ययोजना बनाउन पूर्वमुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो मन्त्रालयका काम र जिम्मेवारीलाई अझै प्रभावकारी र परिणाममुखी बनाउन उक्त समिति गठन गरिएको जानकारी दिएका हुन्।

अध्ययन समितिमा पूर्वसचिवहरू शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डाक्टर खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा। बिन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम छन्।

समितिको सदस्य–सचिवको जिम्मेवारी गृह मन्त्रालयका नीति तथा योजना महाशाखाका सहसचिव थानेश्वर गौतमलाई दिइएको जानकारी गराइयो।

गृहमन्त्री श्रेष्ठका अनुसार अध्ययन समितिलाई कार्ययोजना तयार पार्न ३ महिनाको समय दिइएको छ। उक्त अवधिभित्र समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, स्थानीय प्रशासन र सेवा प्रवाह र राष्ट्रिय परिचय पत्र वितरणलाई अझै प्रभावकारी बनाउन आवश्यक सुझाव दिने कार्यादेश दिइएको उनले जानकारी दिए।

गृहमन्त्री श्रेष्ठले भने, ‘गृह मन्त्रालयको कार्य क्षेत्रको कामलाई अझै प्रभावकारी र परिणाममुखी बनाउन एकीकृत एउटा कार्ययोजना बनाउनुपर्छ। हाम्रा पहिलाका केही सुधारका कार्ययोजना नभएका होइनन्, तर आजको परिप्रेक्ष्यमा नयाँ सुधार कार्ययोजना बनाउने र त्यसलाई दृढतापूर्वक कार्यान्वयनमा लगेर मात्रै अहिले सरकारले भनेको सकारात्मक गुणात्मक हस्तक्षेपद्वारा सुशासन र समृद्धिको अभियानलाई हामीले गुणस्तरीय रूपमा स्थापित गर्नसक्छौँ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu