ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माइतीघरमा महेश बस्नेत र दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न नदिइने


एबीसी न्यूज
४ मंसिर २०८०, सोमबार   ३ : १६   बजे

काठमाडौं, ४ मंसिर । नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलमा कार्यक्रम गर्न नपाउने भएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए।

पछिल्लो समय खुलमखुल्ला एकअर्कालाई चुनौती दिँदै आएका प्रसाईं र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्थाका लागि भन्दै मण्डलमा कार्यक्रम गर्न उनीहरूलाई रोक लगाउने भएको हो।

जिल्ला प्रशासन कार्यालयले सोमबार नै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। छलफलमा आएमा छुट्टाछुट्टै स्थान तोकिदिने तर माइतीघर मण्डलमा कार्यक्रम गर्न भने नदिने आचार्यले बताए।

‘त्यहाँ नजिकै अदालतहरू छन्। अस्पतालहरू छन्। बिरामी बोकेका एम्बुलेन्स ओहोरदोहोर गरिरहने स्थान हो। यसलाई प्रभावित हुनेगरी त्यो क्षेत्रमा कसैलाई पनि कार्यक्रम गर्न दिँदैनौँ। सम्पर्कमा आउनुभयो भने छुट्टाछुट्टै स्थान तोकिदिन्छौं’, आचार्यले  भने, ‘यदि छलफलमा नआई कानुनविपरीतका काम भए कारबाही हुन्छ।’

युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन र प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भन्दै माइतीघरमै कार्यक्रम गर्ने तयारी गरेका छन्।

प्रसाईंले कम्बोडियामा लगानी छ भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले प्रसाईंसँग रुष्ट छ। प्रसाईंलाई काठमाडौँमा एक कार्यक्रममा मोसो समेत दलिएको थियो। आफूलाई एमाले नेता महेश बस्नेतको योजना मोसो दलिएको प्रसाईंको आरोप छ।

यस्तै, महेश बस्नेत कार्यक्रमका लागि झापा जाँदा अवरोध गरिएको थियो। बस्नेतले आफूलाई प्रसाईंको समूहले अवरोध गरेको आरोप लगाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu