ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट लिटरमै ७ रुपैयाँ घटेर आउँदा पनि आयल निगमले घटाएन डिजेलको मूल्य


एबीसी न्यूज
४ मंसिर २०८०, सोमबार   ३ : ४४   बजे

काठमाडौं, ४ मंसिर । तिहारको भाइटीकाको दिन २९ कात्तिकमा भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठायो ।

निगम स्रोतका अनुसार यस पटक डिजेलको मूल्य लिटरमै ७ रुपैयाँ हाराहारीले घटेर आएको छ । पेट्रोल, मट्टितेल, हवाइ इन्धनको मूल्य पनि केही मात्रामा घटेको छ ।

नेपाल भारत पेट्रोलियम व्यापार सम्झौताअनुसार भारतीय कम्पनी इन्डियन आयल कर्पोरेसन ९आईओसी० ले हरेक अंग्रेजी महिनाको १ र १५ तारेखमा इन्धनको नयाँ मूल्य आयल निगमलाई पठाउँछ । खाना पकाउने ग्यासको मूल्य भने हरेक महिनाको १ तारेखमा पठाउँछ ।

भारतबाट आएको नयाँ मूल्यका आधारमा निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि २०७९ अनुसार त्यसै दिन वा भोलिपल्टदेखि लागू हुने गरी नेपालभर इन्धनको उपभोक्ता मूल्य निर्धारण गर्छ ।

तर यसपटक भारतबाट नयाँ मूल्य आएको ५ दिन बित्दा पनि निगमले मूल्य समायोजन गरेको छैन । भारतबाट इन्धनको मूल्य घटेर आएको बिक्रेताले पनि थाहा पाइसकेका छन् । त्यसैले निगमले जुनसुकै बेला मूल्य घटाउन सक्ने आशंका गर्दै उनीहरु थोरै मात्रामा इन्धन खरिद गरेर बिक्री गरिरहेका छन् । जसका कारण कैलाली, पोखरा, धादिङ, नुवाकोट लगायतका क्षेत्रमा इन्धनको आंशिक अभाव देखिएको छ । मूल्य समायोजन नहुँदा उपभोक्ता भने महंगोमा मूल्यमा इन्धन खरिद गर्न बाध्य छन् ।

आयल निगमको तालुक मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिरहेका मन्त्री रमेश रिजालले मूल्य समायोजनबारे निगमको तयारीबारे आफूलाई जानकारी नभएको बताए । तिहार बिदाका कारण आफू उपत्यका बाहिर रहेको भन्दै मन्त्री रिजालले भने, ‘घट्यो होला भनेको घटेको रहेनछ । म अब बुझ्छु ।’

कालोबजारीको जोखिम

इन्धनको मूल्य भारतबाट घटेर आएको सूचना इन्धन बिक्रेताले भोलिपल्टै पाउँछन् । भारतबाट इन्धन ढुवानी गर्ने ट्यांकर व्यवसायीले इन्धन खरिद गर्दाको बिल पाएपछि मूल्य घटेको सूचना उनीहरुसम्म पुग्छ ।

त्यसैले नयाँ मूल्यसूची पाएको केही एकदिन भित्रै निगमले उपभोक्ता मूल्य निर्धारण गर्न नसके इन्धन बिक्री गर्ने व्यवसायीले व्यक्तिवगत लाभ लिनसक्ने उच्च जोखिम रहन्छ ।

यही जोखिम कम गर्न भन्दै निगमले गत भदौदेखि नयाँ मूल्य सूची प्राप्त भएको साँझ नै मूल्य समायोजन गर्दै आएको थियो । तर, यसपटक नयाँ मूल्य आएको एक साता पुग्नै लाग्दा पनि निगम चुपचाप बस्नु गम्भीर रहेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

अधिकारकर्मी माधव तिमिल्सिना लिटरमै ७ रुपैयाँ मूल्य घटेको बजारभरि हल्ला हुँदा पनि मूल्य समायोजन नहुनु आयल निगमको बदमासी भएको बताउँछन् ।

निगमले अहिले काठमाडौं लगायतका सहरमा १६४ रुपैयाँ लिटरमा डिजेल बिक्री गरिरहेको छ । अहिले प्राप्त नयाँ मूल्यले डिजेलको मूल्य कम्तीमा ७ रुपैयाँले घट्न सक्ने निगम स्रोत बताउँछ । यदि स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोन गरे डिजेलको उपभोक्ता मूल्य काठमाडौं, पोखरा दिपायलमा १५७ रुपैयाँमा झर्नेछ ।

सुर्खेत र दाङ क्षेत्रमा १५६ रुपैयाँमा झर्नेछ भने धनगढी, अमलेखगञ्ज र नेपालगञ्जमा डिजेलको मूल्य १५४ रुपैयाँ ५० पैसामा झर्नेछ । इन्धनको मूल्य एकै पटक लिटरमा ५ रुपैयाँ भन्दा बढी घटेमा सार्वजनिक यातायातको भाडा पनि घटाउने प्रचलन छ । त्यसैले डिजेलको मूल्य घट्नेवित्तिकै सार्वजनिक यातायातको भाडा पनि घटाउनुपर्नेछ ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन अन्तर्राष्ट्रिय बजार मूल्य घटेपछि निगमले घरेलु बजारमा मूल्य घटाउनैपर्ने बताए । निगमका कारण सर्वसाधारण महंगीमा परिरहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu