ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईं र युवा संघको प्रदर्शन – सुरक्षा व्यवस्थापनमा प्रहरीसँगै सेना पनि खटिने


एबीसी न्यूज
४ मंसिर २०८०, सोमबार   ४ : ३५   बजे

काठमाडौं, ४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ७ मंसिरदेखि काठमाडौंबाट राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति नागरिक बचाउ महाअभियान घोषणा गर्ने बताउँदै आएका छन् । एक महिनादेखि नै त्यसको तयारीमा लागेका प्रसाईंले तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

आइतबार महाअभियान नेपालको तर्फबाट विज्ञप्ति जारी गर्दै उनले ७ मंसिरको दिन आफ्नो महाअभियानमा अन्य समूहबाट हुनसक्ने सम्भावित मानवअधिकार उल्लंघनका गतिविधि प्रत्यक्ष निगरानी गरिदिन अनुरोध गरेका छन् ।

महाअभियानअन्तर्गत ललितपुर, भक्तपुर र काठमाडौंका विभिन्न ठाउँबाट र्‍याली सुरु गरेर माइतीघर मण्डलामा कोणसभा गर्ने प्रसाईंको तयारी छ । तर, ७ मंसिरमै नेकपा एमालेनिकट युवासंघले समेत माइतीघरमै कार्यक्रम घोषणा गरेपछि युवा संघ र प्रसाईं दुवैको कार्यक्रम रोक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको तयारी छ ।

युवा संघको आन्दोलन एमाले नेता महेश बस्नेतको नेतृत्वमा हुँदै छ । पछिल्लो समय नेता बस्नेत र प्रसाईं सार्वजनिक रुपमै आरोप पत्यारोपमा उत्रिएका छन् । केही समयअघि मात्रै प्रसाईंलाई युवा संघका कार्यकर्ताले मोसो दल्ने प्रयास समेत गरेका थिए । त्यसयता प्रसाईं र बस्नेतबीच झन् तिक्तता बढेको छ ।

चारवटै सुरक्षा निकाय परिचालन

७ मंसिरको कार्यक्रममा दुवै पक्षबीच मुडभेडको अवस्था आउन सक्ने सूचना सुरक्षा संयन्त्रसँग छ । अझ प्रसाईं र बस्नेतले एउटै ठाउँ माइतीघर मण्डलामा प्रदर्शन गर्ने समय तालिका सार्वजनिक गरेपछि मुठभेडको जोखिम बढेको हो ।

यद्यपि, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै समूहलाई माइतीघर मण्डला प्रवेशमा रोक लगाउने गरी निषेधाज्ञा लगाउने तयारी गरेको छ । त्यसको लागि सोमबार सुरक्षा संयन्त्रसहित जिल्ला सुरक्षा समितिको बैठक बस्ने तयारी छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले पनि सकेसम्म दुवै समूहलाई वैकल्पिक ठाउँमा कार्यक्रम गराउने भन्नेबारे छलफल भइरहेको बताए । उनका अनुसार मण्डलाबाहेक तीनकुने, चावहिल, माछापोखरी, मूलपानी क्रिकेट मैदान र नक्साल नारायणचौरमध्ये एकठाउँमा गर्न प्रसाईं समूहलाई प्रहरीले सुझाव दिएको छ ।

“दुवै समूहबीच सम्भावित मुठभेड नहोस् भन्ने उद्देश्यले हामी सुरक्षा योजना बनाउँदै छौँ । सकेसम्म दुवै समूहले छुट्टछुट्टै ठाउँमा कार्यक्रम गर्दा त्यो अवस्था आउँदैन भन्ने हाम्रो आकलन हो । यद्यपि, प्रहरीसहित अन्य सुरक्षा निकायसँग पनि छलफल हुँदै छ,” एआईजी थापाले भने ।

७ गतेको कार्यक्रममा प्रसाईं समूहले अहिलेको व्यवस्थाप्रति नै घृणा फैलाउने खालको गतिविधि गर्न सक्ने गृहको विश्लेषण छ । आन्दोलन हिंसात्मक नहोस् भन्ने उद्देश्यले जिल्ला सुरक्षा समितिमार्फत उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक ९डीआईजी०को नेतृत्वमा नेपाली सेनाका कर्णेल, सशस्त्र प्रहरी बलका एसएसपी र राष्ट्रिय अनुसन्धान विभाग अधिकारीसहितको छुट्टै सुरक्षा टोली बन्ने भएको हो ।

त्यसको अन्तिम गृहकार्य भइरहेको एआईजी थापाले जानकारी दिए । राष्ट्र बचाउ अभियानका केन्द्रीय सदस्य अनन्त प्याकुरेलले आन्दोलनमा करिब १० लाख मानिस सडकमा उत्रिने बताए । उनले भने, “हामीले आन्दोलन सुरु गर्ने भनेकै दिन युवा संघले पनि कार्यक्रम गर्ने भन्ने कुरा सुनेका छौँ । उनीहरुले माइतीघर मण्डलामा कार्यक्रम गर्ने भनेर जिल्ला प्रशासनलाई जानकारी गराएका रहेछन् । हामीले आज रत्नपार्कमा गर्न अनुमति मागेका छौँ ।”

प्रशासनले ३ बजेपछि आफूहरुलाई जानकारी दिने प्याकुरेलले बताए । आफ्नो आन्दोलनको मुख्य लक्ष्य नै अहिलेको व्यवस्था परिवर्तनको लागि भएको प्याकुरेलले स्पष्ट पारे । प्रहरी स्रोतले पनि प्रसाईंको कार्यक्रममा राजावादी शक्तिको घुसपैठ हुनसक्ने आशंका गरेको छ ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले आफूहरुको आन्दोलन सरकारको अकर्मण्यता, मूल्यवृद्धि, व्यवस्था विरोधीहरुका विरुद्ध रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group