ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चमा कांग्रेस र एमालेबाट न्यायधीशका लागि एक–एक जना सहति ६ जना सिफारिश


ABC NEWS
५ मंसिर २०८०, मंगलबार   ५ : ४१   बजे

काठमाडौं ५ मंसिर । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा प्रमुख दलहरूले भागबण्डा गरेका छन्। जसमा नेपाली कांग्रेस निकट कानुन व्यवसायी र एमाले निकट कानुन व्यवसायीबाट एक–एक जनालाई न्यायाधीश बनाइएको छ।

माओवादीको लागि एक जना कोटा छुट्याइएको छ। सर्वोच्च अदालतमा ७ जना न्यायाधीश रिक्त भए पनि माओवादीको कोटाबाट नाम आउन नसक्दा मंगलबार ६ जना मात्रै न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो।
न्याय परिषद्ले ४ जना उच्च अदालतका न्यायाधीशबाट सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। कानुन व्यवसायीबाट न्यायाधीश बनेकी सारंगा सुवेदी हाल उच्च अदालत जनकपुरको कामु मुख्य न्यायाधीश छिन्।

नायव महान्यायाधिवक्ताबाट न्यायाधीश बनेका महेश शर्मा पौडेल हाल उच्च अदालत पाटनका प्रमुख न्यायाधीश छन्।

टेकप्रसाद ढुंगाना उच्च अदालत पाटनको दोस्रो वरियताका न्यायाधीश हुन्। अब्दुल अजिज मुसलमान पनि उच्च अदालत हेटौँडाका कामु मुख्य न्यायाधीश हुन्। उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ।
कानुन व्यवसायीबाट दुई जना न्यायाधीशका लागि सिफारिस भएका छन्। नेपाली कांग्रेस निकट कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ता सुनिल पोखरेल सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका छन्। एमालेको कोटाबाट बालकृष्ण ढकाललाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ।

पोखरेल नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत हुन्। बालकृष्ण ढकाल सर्वोच्च बार एसोसिएसनको पूर्व सचिव हुन्। उनी एमाले निकट कानुन व्यवसायी हुन्।

जसमा चार जना उच्च अदालतका न्यायाधीश हुन्। अब एक जना पनि वकिलकै कोटाबाट न्यायाधीश बन्ने न्याय परिषद्का एक सदस्यले बताए।

माओवादीको कोटाबाट भने न्यायाधीश नियुक्त गर्न बाँकी छ। न्यायाधीशमा सिफारिस भएका व्यक्तिहरूको सुनुवाइका लागि अब संसदीय सुनुवाई समितिमा पठाइनेछ। सुनुवाइ भएर अनुमोदन भएपछि उनीहरू न्यायाधीश बन्नेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu