ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलाहरूलाई राति बैंक्वेटबाट लखेट्ने युवा संघकै टोली, प्रहरीले थाल्यो अनुसन्धान


एबीसी न्यूज
६ मंसिर २०८०, बुधबार   ३ : ५९   बजे

काठमाडौं, ६ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले मंसिर ७ गते गर्ने प्रदर्शनमा सहभागी हुन आएका महिलाहरूलाई राति बैंक्वेटबाट बाहिर निकाल्ने समूह एमाले निकट भ्रातृ संगठन युवा संघको भएको प्रहरीले दाबी गरेको छ।

युवा संघको टोलीले ‘हामी पनि अभियानको कार्यक्रममा आएका हौं’ भन्दै राति ढोका खोल्न लगाएर महिलाहरुलाई बाहिर निकालेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिकास्थित इन्द्रसान बैंक्वेटमा बसेका महिलाहरूलाई राति युवाहरूले बाहिर निकालिरहेको भिडिओ सार्वजनिक भएको थियो। सोही भिडिओका आधारमा युवा संघको टोली पहिचान भएको उपत्यका प्रहरी कार्यालयका एक अधिकारीले बताए।

उनले भने, ‘यो घटनाबारे भक्तपुर परिसरले थप अनुसन्धान गरिरहेको छ।’

अहिले जिल्ला प्रहरी परिसर भक्तपुरले घटनाको अनुसन्धान सुरु गरिसकेको छ। नजिकका सीसीटिभी फुटेजहरु संकलन गरेर मान्छे पहिचान गरिरहेको भक्तपुर प्रहरी प्रमुख एसपी वेद विष्टले नेपालखबरलाई जानकारी दिए। यस्तै, कतिपयसँग सोधपुछ पनि गरिरहेको पनि उनले बताए।

युवा संघको टोलीले उठाएर बैंक्वेटबाट निकालेका महिलाहरू राति ३ बजेतिर काठमाडौंको गौशला पुगेर बास बसेका थिए।

‘घटनाबारे जानकारी आइसकेपछि हाम्रो टोली घटनास्थलमा पुग्यो। पछि बुझ्दा त्यहाँबाट राति ३ बजेतिर यहाँबाट निकालिएका महिलाहरू काठमाडौंको गौशलास्थित होटलमा गएर बस्नु भएको थाहा पाएका छौं’, विष्टले भने।

यसअघि युवा संघको टोलीले दुर्गा प्रसाईंलाई काठमाडौंमा कालोमोसो पनि दलेका थिए। युवा संघ र प्रसाईं नेतृत्वको अभियानले भोलि मंसिर ७ गते काठमाडौं एकसाथ कार्यक्रम आयोजना गरेका छन्।

उनीहरूको कार्यक्रमका कारण हिंसात्मक गतिविधि बढ्न सक्ने भन्दै काठमाडौं उपत्यकामा सुरक्षा सतर्कता बढाइएको छ।

के भएको थियो बैंक्वेटमा ?
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा युवाहरूको समूह सुतिरहेका महिलाहरू भएको ठाउँमा पुग्छन्। भिडिओको सुरुमा सुनिन्छ– ‘दुर्गे प्रसाईं।।।लाई फोन गर्नुस् त युवाहरूले लग्यो भनेर। गइहाल्नु गइहाल्नु लो।’

त्यसपछि अर्का युवा बोल्छन्– गइहाल्नु, गइहाल्नु ल। हँ हलो दिदीहरू, ७ गतेको कार्यक्रममा आउनु भएको होइन त ?

एक जना महिला ओछ्यानबाट उठेर लुगा लगाउँदै गरेको देखिन्छ। उनी भन्छिन्– हामी जान्छौं हौ, जान्छौं। लुगा लगाउन त दिनुन हामीलाई।

ती युवा फेरि सोध्छन्– तपाईंहरू ७ गतेको कार्यक्रममा आउनु भएको होइन त। अर्का युवाले लुगा लगाउन दिउँन भन्छन्। तर युवा संघको टोलीले छिटो गर्नु भन्दै महिलाहरुलाई थर्काइरहन्छन्।

महिलाहरू लुगा लगाउन दिनु भनेर विन्ती गर्छन्। तर युवासंघको टोलीले भने छिटो कि छिटो भनेर थर्काइरहन्छ। त्यहाँ १० मिनेटको समय दिएका छौं भनेको सुनिन्छ।

त्यसपछि महिलाहरू बैंक्वेटबाट बाहिर निस्कँदै गरेको देखिन्छ। युवासंघका कार्यकर्ता भन्छन्, ‘तपाईंहरू कसैलाई छिर्न दिँदैनौं हामाी, अब गाडि चढाइदिन्छौं। अर्का युवा कराउँछन् ओ दिदीबहिनीहरू छिटो गर्नु न छिटो।’

अर्का युवाले सोध्छन्– तपाईंहरू कुन जिल्लादेखि आउनु भएको हो ?

अर्का युवाले नै जवाफ दिन्छन्–इटहरीदेखि अरे।

अब इटहरीतिरै फर्किने गाडी खोजौं त। कहिँ पनि काठमाडौं बस्न पाउँदैन इनिहरुले, जहाँबाट आयो त्यहीँ पठाउने हो।

तर महिलाहरू बिन्ती गरिरहेका हुन्छन्– यसो गर्नुन त आज हामी यहिँ बस्छौं, भोलि हामी जान्छौं।

तर युवाहरू जोडले कराउँछन्, हुँदैन भन्दै।

दुर्गा प्रसाईं भन्दै फेसबुकमा उर्लेजस्तो होइन। दुर्गा प्रसाईं भन्दै उलिँदै तिमेरलाई।

तर महिलाहरू झोला बोकेर बाहिर निस्कँदै भन्छन्–जान्छौं दाई हामी पनि तपाईंहरूकै चेली हो।

तर युवा संघका कार्यकर्ता भन्छन्– देखाइदिन्छौं भन्दै आएका होइनौं, अब देखाइदिन्छौं तिमीहरू सबलाई लखेट्छौं काठमाडौंबाट, हाम्रो ठाउँबाट।

त्यसपछि महिलाहरू बाहिर देखिन्छन्। अगाडी सडक र गाडिहरू देखिन्छ।

युवाहरू भन्छन्, ‘हेलो दिदी तपाईंहरू गइहाल्नुस् त छिटो, खुरुक्क गइहाल्नुस् है।

महिलाहरू जानका लागि गाडि खोजिदिन अनुरोध गर्छन्।

तर उनीहरू भने तपाईंहरूलाई जसले बोलायो उसैलाई भन्नुस् कारको व्यवस्था, खुरुक्क गइहाल्नुस्। दुर्गा प्रसाईंलाई फोन गर्नु त युवाहरूले लग्यो भनेर।

त्यसपछि महिलाहरू झोला बोकेर सडकमा हिडिरहेको देखिन्छ।

युवा संघ इन्चार्ज बस्नेतको आरोप स्थानीयमाथि
नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका युवा संघका इन्चार्ज महेश बस्नेतले भने महिलाहरूलाई राति ओछ्यानबाट स्थानीयले निकालेको आरोप लगाएका छन्।

घटना सार्वजनिक भएपछि बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनीहरूलाई स्थानीयले आफ्नो ठाउँमा नबस्न आग्रह गरेको बताएका छन्।

बस्नेतले लेखेका छन्, ‘दुर्गा प्रसाईंले सर्वसाधारण र महिलाहरूलाई कुनै दल र व्यक्तिविरुद्ध परिचालन गरी अमर्यादित ढंगले उचालेर काठमाडौंमा खुला दिसा पिसाव गराउने जस्ता हर्कत गराउँदा स्थानीयले यस्तो नगर्न र आफ्नो क्षेत्रमा नबस्न गरिएको आग्रहलाई अन्यथा प्रचार गर्नु बेठिक छ।’

बस्नेतले युवा संघले नै उनीहरूलाई बास बस्ने व्यवस्था गरेको जिकिर गरेका छन्। तर प्रहरीका अनुसार महिलाहरू राति तीन बजे गौशला पुगेर बसेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group