काठमाडौं ७ मंसिर । काठमाडौंको बल्खुमा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा बल्खु क्षेत्रमा बिहीबार दिउँसो भएको कार्यक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको हो।
नेकपा (एमाले) को भ्रातृ संगठनहरू राष्ट्रिय युवा संघ र अनेरास्ववियुका केही कार्यकर्ता पनि बल्खु क्षेत्रमा पुगेका थिए।
युवा संघ र अनेरास्ववियुका कार्यकर्ता तथा प्रसाईंको कार्यक्रममा आएकाहरूबीच झडप हुन सक्ने भन्दै प्रहरीले सतर्कता अपनाएको थियो। त्यसबीचमा प्रदर्शनकारीहरू प्रहरीसँग जाइलागेपछि धकेलाधकेल भएको छ।
दुई समूहबीच झडप हुन नदिन प्रहरीले युवा संघ तथा अनेरास्ववियु कार्यकर्तालाई कुलेश्वरतर्फ पठाएको छ। प्रदर्शनकारीहरूले पानीका बोत्तलले प्रहरीलाई प्रहार गरेका थिए।
प्रतिक्रिया दिनुहोस्