ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलित बस्तीमा खानेपानीको अभाव


एबीसी न्यूज
२९ माघ २०७४, सोमबार   ९ : ३२   बजे

जाजरकोट , २९ माघ ।  आफूले थाहा पाउने उमेरदेखि नै खानेपानीको अभाव भौग्दै आएको बताउने नलगाड–७ दल्लीकी हैकली विक दैनिक पानीकै समस्यामा परेको बताउँछिन् । पानी ल्याउनकै लागि दैनिक एक घण्टा समय छुट्याउन बाध्य भएको हैकलीको भनाइ छ ।

घरबाट पानी ल्याउने ठाउँ निकै टाढा छ, बालबालिकालाई पढाउँदा निकै ढिला हुन्छ आफँै जाने हो भने घरको काम हुँदैन् हैकलीले भन्नुभयो । ६२ वर्षीया पानसरी विक पनि पानी ल्याउने ठाउँ नै टाढा हुँदा तनाव हुँदै आएको बताउनुहुन्छ । यस दलित बस्तीमा २३ घरपरिवार बस्दै आएका छन् । सबै दलित घण्टौँ हिँडेर पानी ल्याउन बाध्य छन् । माथिल्लो गाउँमा पानीको धारा आँगनमै हुँदा सरसफाइ, तरकारी बाली लगायतमा सिँचाइसमेत गर्न सजिलो भएको छ ।

माथिल्लो दल्लीमा अधिकांश ठकुरी र मगर समुदायका बस्ती छ । त्यहाँ नियमित पानी आउँछ । आधा घण्टाको दूरीमा रहेको दलित बस्तीमा भने खानेपानीको समस्या वर्षांैदेखि हुँदै आएको छ । यहाँका दलित अर्काको काम गर्दै र माछा मारेर जीवनको गुजारा गर्दै आएका छन् । गिट्टी कुटेर यहाँका दलित अहिले बिहान–बेलुकाको छाक टार्ने गरेको अर्का दलित मने वादीले बताउनुभयो ।

दलित समुदायका बालबालिका दैनिक विद्यालय पनि जाँदैनन् । उनीहरु आमा, बाबासँग गिट्टी कुट्नेदेखि भारत गएर काम गर्ने गर्दछन् । खरले छाएको छाप्रोभित्र यहाँका दलितको बसाइ छ । अभावै अभावको जिन्दगी बिताउन बाध्य भएको वादी समुदायका अगुवा रत्ने वादीले बताउनुभयो । पर्याप्त जमिन भएको भए केही खेती, किसानी गरेर परिवार पाल्ने सजिलो हुने थियो तर सम्पत्तिको नाममा छाप्रो घर मात्र रहेका कारण केही प्रगति हुन नसकेको मनेले बताउनुभयो । पानी भएको भए थोरै भएको जमिनमा केही खेती गरेर उत्पादन गरी समस्या हल हुने उहाँको भनाइ छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group