ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महेश बस्नेतले- लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन


एबीसी न्यूज
७ मंसिर २०८०, बिहिबार   ४ : २६   बजे

काठमाडौं, ७ मंसिर । एमालेका पोलिटब्यरो सदस्य महेश बस्नेतले लोकतन्त्रको विकल्प राजतन्त्र नहुने बताएका छन् । एमाले भ्रातृ संगठन युवा संघ नेपालले बिहीबार राजधानीमा आयोजना गरेको विरोध प्रदर्शनमा सम्बोधन गर्दै बस्नेतले अहिले धेरै अराजनीतिक तत्वहरू फेरि राजा बनाउँछु भन्दै हिँडेको र यो एमालेलाई सह्य नहुने बताए ।

लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन स् बस्नेत
उनले विरोध प्रदर्शन दुर्गा प्रसाईंविरूद्ध नभएको स्पष्ट पारे । प्रसाईंलाई अराजकतावादीको संज्ञा दिँदै यो विरोधलाई प्रसाईंसँगको आन्दोलनलाई जोड्न नहुने बताए । उनले भने, हामीले महँगी, भ्रष्टाचार, अनियमितता र जनताको सरोकारका मुद्दाको आवाज उठाउनको लागि विरोध प्रदर्शन गरेका हौं,

उनले अगाडि भने, यो विरोध प्रदर्शन तस्करीविरुद्धको हो, उत्पीडनमा रहेका नेपालीको पक्षका लागि हो । यस्तै हिंसामा परेका महिलाहरूको न्यायको लागि हो । गरिब जनताको लागि हो । सकारात्मक ऊर्जाको लागि हो ।

नेता बस्नेतले सरकारको ध्यान तान्नको लागि विरोध गरिएको र यसलाई बेवास्ता गरिए सरकारले लगाएको निषेधाज्ञा क्षेत्र तोड्न बाध्य हुने चेतावनी दिए । उनले भने, म सरकारलाई, अझ विशेष प्रचण्डलाई भन्न चाहन्छु । हामीलाई निषेधाज्ञा तोड्न बाध्य नपारियोस् ।

उनले अहिलेको सरकारको आयु छोटो रहेको बताउँदै भने, यो सरकारको आयु छोटो छ । छोटो आयु भएको मानिस उखरमाउलो हुन्छ भन्छन् । त्यसैले प्रचण्डको सरकार उखरमाउलो भइरहेको छ । यिनीहरु सबैका लागि खतरा हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu