ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरेलु र सामाजिक हिसांमा बाँच्दै एकल महिला


एबीसी न्यूज
२९ माघ २०७४, सोमबार   १० : ०४   बजे

रोल्पा, २९ माघ ।   श्रीमान्को वैदेशिक रोजगारीमा रहेको बेला खाडीमा निधन भएपछि रोल्पा नगरपालिका–१ की शान्ति विक पनि घरबाट निकालिइन् । श्रीमान् खाने अलच्छिनीको आरोपसहित ८ वर्ष घर सम्हालेर बसेकी उनी घरमा बस्न नपाउने गरी निकालिइन् ।

श्रीमान्को मृत्युपछि सासू–ससुरासँगै बाँकी जीवन जिउने उनको संकल्प पूरा हुन पाएन । ६ वर्षीया छोरी च्यापेर कानुनी लडाइँका लागि अदालत धाइन् । जिल्ला अदालत र पुनरावेदन अदालतले उनलाई अंश पाउने गरी न्याय दिए पनि परिवारले भने अहिलेसम्म सम्पत्ति त के घरमा बस्नसमेत दिएको छैन । अदालतले दिएको न्याय परिवारले नदिएपछि विरक्तिएर उनी अहिले अर्काको घरमा बस्दै आएकी      छिन् ।

ट्र्याक्टर दुर्घटनामा श्रीमान्को मृत्यु भएपछि रोल्पा कोटगाउँकी निरा विक दिनरात घरेलु हिंसाको शिकार भइन् । श्रीमान् छँदै सासूससुरा सँग छुट्टिएर बसेको उनको परिवारमा एक छोरीसमेत थिइन् । श्रीमान्को मृत्युपछि दुर्घटना बीमाबापत आएको रकमसमेत उनले बुझ्न पाइनन् । दुखजिलो गरेर जोडेका भाँडाकुँडा, लत्ताकपडासमेत घरबाट निकालेर लगेपछि उनीलाई घरमा बस्न सक्ने वातावरण भएन । न्यायका लागि सदरमुकाम धाइन् । एकल महिला समूहको सहयोगमा अहिले उनी काठमाडाँैको एक गार्भेन्टमा काम गर्छिन् । एक छोरीसँग साथमै रहेकी उनी श्रीमान्को मृत्युपछि जन्म दिने माइत र कर्म दिने घरलाई छाडेर धेरै टाढा बस्न बाध्य छिन् ।

मादक पदार्थ सेवन गर्ने श्रीमान्को दिनानु दिनको हिंसा सहन नसकी रोल्पा भावाङकी अञ्जु खत्री श्रीमान्सँग छोडपत्र गरी एक्लै बस्दै आइरहेकी थिइन् । दिनहुँ मादक पदार्थ सेवन गर्ने श्रीमान्को मृत्यु भएपछि उनी सामाजिक हिंसामा पर्न थालिन् । छिमेकीले समेत उनका बारेमा नानाथरी कुरा गर्न थाले । घरेलु हिंसाबाट मुक्त भएकी उनी सामाजिक हिंसाको चपेटामा पर्न थालेपछि गाउँमा बस्न नसक्ने भइन् । जिल्ला सदरमुकाममा घरेलु कामदारका रूपमा काम गरिरहेकी उनी हिंसा पीडित अर्की पात्र हुन् ।

महिला यसरी नै घरेलु हिंसा र सामाजिक हिंसाको दोहोरो चपेटामा छन् । श्रीमान्को मृत्युपछि उनीहरू नारकीय जीवन जिउन बाध्य भएका छन् । दश वर्ष लामो द्वन्द्वमा देशमै सबभन्दा धेरै मानवीय क्षति भएको रोल्पामा धेरै महिला एकल भएका छन् । रोजगारीका लागि खाडी जाने रोल्पालीको संख्यामा भएको वृद्धि सँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । गरिबीका कारण विदेश जान बाध्य उनीहरू जोखिमपूर्ण काम गर्न समेत बाध्य हुने गरेका छन् । जोखिमपूर्ण काम गर्न बाध्य कैयौँँ रोल्पाली लास बनेर फर्किएका कारण एकल हुने महिलाको संख्यासमेत बढिरहेको छ । एकातिर श्रीमान् गुमाएको पीडा अर्कातिर घरेलु हिंसाको यातनाले यहाँका एकल महिलालाई महिला अधिकार र मानव अधिकार आकाशको फल आँखा तरी मर भएको छ । लोकतान्त्रिक गणतन्त्रले समेत आफूहरूलाई छुन नसकेको एकल महिलाले प्रतिक्रिया दिएका छन् ।

पछिल्लो राजनीतिक परिवर्तनमा आफ्ना श्रीमान्ले जीवन बलिदान गरे पनि आफूहरू भने झन् नारकीय जीवन जीउन बाध्य भएको मानव अधिकारका लागि महिला एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यले गुनासो गर्नुभयो । आफूहरू पीडित एकल महिलाका लागि कानुनी लडाइँ लडिरहेको भए पनि त्यो पर्याप्त नभएको उहाँले बताउनुभयो । श्रीमतीको मृत्युपछि दोस्रो विवाह गर्ने लोग्ने मान्छेले राज्यले उपलब्ध गराउने राहत पाइरहेको तर एकल महिलालाई भने दोस्रो विवाह गर्ने बित्तिकै राज्यले दिने राहत कटौती गर्ने गरेको प्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
घरको मुख्य मान्छेको मृत्युपछि एकल महिलामा पारिवारिक जिम्मेवारीको बोझ थपिएको बेला घरेलु हिंसाले जीवनलाई निकै कष्टकर बनाइरहेको छ । उनीहरू घरेलु कामदार, जोखिमपूर्ण निर्माण कार्य, होटेलमा भाँडा माझ्ने तथा गिट्टी फोरेर दैनिकी चलाउन बाध्य भएका छन् । रोल्पामा माओवादी युद्धमा श्रीमान् गुमाएका महिलाको संख्या ३२३ जना रहेको छ । यसैगरी अन्य कारणले श्रीमान् गुमाएका महिलाको संख्या जिल्लामा छ हजार ५०० भन्दा बढी रहेको एकल महिलाको क्षेत्रमा काम गर्दै आएको मानव अधिकार तथा कानुनी सेवा केन्द्र रोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Trump’s Approval Rating Hits New Low Amid Concerns Over Iran Conflict

Latvia Requests €7 Billion From EU To Cover Costs Of Anti-Russia Policies

Ukrainian Children Allegedly Assaulted in Poland Amid Rising Tensions

Nepal Parliament Speaker Urges Government Response to Lawmaker Queries

Zimbabwe Ferry Disaster Death Toll Climbs to 92

Nepal’s Parliament Speaker Urges Law Updates to Reflect Modern Needs

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu