ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले-माओवादीलाई आफैंले हुर्काएको प्रवृत्ति भारी


एबीसी न्यूज
१० मंसिर २०८०, आइतबार   २ : ३७   बजे

काठमाडौं, १० मंसिर । सरकारको नेतृत्व गरिरहेको माओवादी र प्रमुख प्रतिपक्ष एमालेलाई उनैले हुर्काएका दुर्गा प्रसाईं काँडा बनेर च्वास्स–च्वास्स घोचिरहेका छन् । एमाले–माओवादीको काखमा हुर्किएका प्रसाईंले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउने भन्दै राजधानी केन्द्रित गतिविधि तीव्र पारेका छन् ।

आफैंले हुर्काएको प्रवृत्ति एमाले(माओवादीलाई भारी

उनले पुराना दलविरुद्ध खुलेआम मोर्चाबन्दीसमेत गरेका छन् । ‘अराजनीतिक’ भाषाशैलीमार्फत एमाले र माओवादीको अस्तित्वमाथि बोल्ने आँट जुटाइदिने श्रेय एमाले र माओवादीका शीर्ष नेतालाई नै जान्छ ।

शान्ति प्रक्रियापछि माओवादी अध्यक्ष पुष्पकमल दाहालको छहारी पाएका प्रसाईंले २०७४ को निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको आडभरोसा पाए । एमाले–माओवादी एकीकरण भई नेकपा बनेपछि उनी दुई नेताका साझा भए ।

राजनीतिक विश्लेषक झलक सुवेदी कम्युनिस्ट पार्टीमा विचारधारा कमजोर भएपछि स्वार्थी व्यक्तिको प्रवेश हुने बताउँछन् । ‘पार्टीहरूमा विचारधारा सकिएपछि कसको के लाग्छ रु’ उनले भने, ‘कम्युनिस्ट पार्टीमा विचार सकिएपछि स्वार्थी समूह प्रवेश गर्छन्, स्वार्थ पूरा नभएपछि बाहिएर चर्को आलोचक बन्छन् । दुर्गा प्रसाईं यस्तै उदाहरण हुन् ।’ माओवादी नेताहरूले प्रसाईंलाई आफैंले रोपेको काँडा भन्न थालेका छन् ।

प्रसाईंको सार्वजनिक रूपमा टिप्पणी गर्न नचाहने एक माओवादी नेताले भने, ‘आफैंले रोपेको काँडाले च्वास्स–च्वास्स घोचिरहेको छ ।’ माओवादी नेता लेखनाथ न्यौपानेले कम्युनिस्ट पार्टी मूल्य, मान्यता र विधिमा नचल्दा प्रसाईं प्रवृत्तिले प्रश्रय पाउने बताए । ‘कम्युनिस्टमा गैरवामपन्थी मान्छेलाई प्रवेश गराउने सीमाहीन अवस्था छ,’ उनले भने, ‘एमाले र माओवादीमा प्रसाईं प्रवेश मूल्यहीनताको उदाहरण थियो ।’

प्रसाईंको गतिविधिप्रति लक्षित गर्दै एमाले महासचिव शंकर पोखरेलले अराजकताको विरोध गर्दा एमाले कमजोर नहुने टिप्पणी गरेका छन् । ‘युवा र विद्यार्थीहरूले बढ्दो अराजकताको विरोध गर्दा एमाले कमजोर हुँदैन,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘जातीय र धार्मिक अतिवादको विरोध गर्दा एमाले कमजोर हुँदैन । दलाल नोकरशाहहरूको विरोध गर्दा एमाले कमजोर हुँदैन ।’ असोजमा एमाले निकट युवा संघका कार्यकर्ताले प्रसाईंलाई काठमाडौंमा मोसो दलेपछि उनी एमालेप्रति आक्रोशित मात्र बनेनन्, एमाले नेता महेश बस्नेतसँग भिड्न अघि सरे । झापाको अर्जुनधारामा असोज २७ मा भएको युवा संघको कार्यक्रममा बस्नेत समर्थकका गाडीमाथि उनका समर्थकले तोडफोड गरे ।

एमाले र माओवादीले ०७४ को चुनावमा गठबन्धन गरेपछि प्रसाईं दाहाल र ओलीनिकट बन्न पुगे । ०७४ फागुन ६ मा दुई नेतालाई आफ्नै निवासमा मार्सी चामलको भात खुवाएपछि प्रसाईं चर्चामा आएका हुन् । यतिसम्म कि उनले आफूले एमाले र माओवादी एकता गराउन भूमिका खेलेको समेत दाबी गर्न भ्याए । दुई नेतालाई मार्सीको खाना खुवाउनुअघि उनी झापा बिर्तामोडमा रहेको मेडिकल कलेजको सम्बन्धनका लागि नेताको दैलोदैलो पुग्ने गरेका थिए ।

माओवादीको साधारण सदस्य भए पनि प्रसाईंले पार्टी हेडक्वार्टरमा सिधा पहुँच बनाउन सफल भए । मेडिकल कलेजलाई सम्बन्धन नपाएपछि दाहालमाथि उनले टिप्पणी गर्न सुरु गरे । दाहाल परिवारका लागि आर्थिक सहयोग गरेको प्रसाईंले खुला रूपमा बताउँदै आएका छन् । दाहाल झापा जाँदा अधिकांश समय प्रसाईंको व्यवस्थापनमा बस्थे । ओली र दाहालबीच संघर्ष चर्किएपछि प्रसाईंले दाहालको चर्को आलोचना गर्न थाले, जसका कारण उनी ओली निकट हुन पुगे ।

ओलीको ४० महिने प्रधानमन्त्रीकालमा उनले मेडिकल कलेजको सम्बन्धन लिने कसरत गरे तर सफल भएनन् । ०७७ फागुनमा सर्वोच्च अदालतको फैसलापछि उनी एमालेमै रहे । एमाले अध्यक्ष ओलीसँग उनले ‘हजुरबा’ साइनो गाँसे । एमालेको ०७८ असोजमा ललितपुर गोदावरीमा भएको विधान महाधिवेशनमा साधारण सदस्य नभई उनी प्रतिनिधि बनेर हलमा पसेपछि चर्चामा आए । विधान महाधिवेशन सकिएपछि झापामा औपचारिक कार्यक्रम गरी एमाले प्रवेश गरे ।

०७८ मंसिरमा चितवनको सौराहामा भएको दसौं महाधिवेशनमा केन्द्रीय सदस्य हुने दौडमा लागे । उनले एमालेको ‘क्रान्तिकारी’ नेताका रूपमा दाबी गर्न सहयोगी परिचालन गरी जयजयकार गराएका थिए । महाधिवेशनको हलबाटै उनी केन्द्रीय सदस्य बन्न चाहे पनि सूचीमा परेनन् । मंसिर अन्तिम साता केन्द्रीय सदस्यमा मनोनीत प्रसाईंले अध्यक्ष ओलीकै चाहनामा उद्योग, वाणिज्य तथा आपूर्ति विभाग उपप्रमुखसमेतको जिम्मेवारी पाए ।

सशस्त्र युद्धको उत्तरार्धमा प्रसाईं माओवादीका लागि आवश्यक बन्दोबस्तीको सामान सप्लाई गर्ने एक सदस्य थिए । त्यसबेला प्रसाईंको परिवारमा सम्पत्ति विवाद भएका कारण उनी आफैं माओवादीनिकट भएको झापा माओवादीको भनाइ छ । युद्धको बलमा आफन्तलाई तह लगाउने उद्देश्यले उनी माओवादी भएका थिए । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि उनी वाईसीएल कार्यकर्ता बने । वाईसीएल कार्यकर्ताले भाटे कारबाही गरी ससुराली पक्षको सम्पत्ति साला र श्रीमतीको नाममा ल्याउन सफल भएको झापाका एक माओवादी नेताको भनाइ छ ।

‘संविधानसभापछि माओवादीको नेतृत्वमा सरकार बनेपछि वाईसीएल कार्यकर्ताको मुद्दा फिर्ता लिइएको थियो,’ ती नेताले भने । माओवादी सत्तामा आएपछि प्रसाईं हेडक्वाटर निकट हुन थाले । अध्यक्ष पुष्पकमल दाहालका निजी सचिवालयका सदस्यसँग हिमचिम बढाउँदै लगे । ‘शक्तिका पुजारी’ प्रसाईं झापामा टन्न सम्पत्ति भए पनि ‘सर्वहारा’ भनेर परिचय दिन्थे । माओवादी हेडक्वाटरलाई आवश्यक गाडी र उपहार पुर्‍याउन थालेपछि उनी झन् पुलपुलिए । झापाका माओवादी नेताको विरोधका कारण उनी माओवादीको माथिल्लो समितिमा उक्लिन त सकेनन् तर सत्ता र शक्तिको पूजा गर्न छाडेनन् ।

अध्यक्ष दाहाललाई भेट्न उनलाई सचिवालयका सदस्यको अनुमति लिनु नपर्ने अवस्था बन्यो । पूर्वी नेपालतिर दाहाल जाँदा खानेबस्ने व्यवस्थापनको काम उनैले गर्थे । झापाका एक माओवादी नेताका अनुसार उनको कार्यशैली मन नपरे पनि दाहाल निकट भएकाले विरोध जनाउन सक्ने अवस्था थिएन । ‘सियो बनेर छिरेका दुर्गा फाली बनेर निस्किए,’ झापाका एक माओवादी नेताले भने ।

सर्वोच्चले एमाले र माओवादी अलग गरिदिएपछि माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तत्कालीन शिक्षामन्त्री एवं उपमहासचिव गिरिराज पोख्रेलका कारण मेडिकल कलेजले सम्बन्धन नपाएको भन्दै उनले मोटो रकम मागेको आरोपसमेत लगाए । हाल उनी प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले देश बर्बाद गरेको भन्दै राजतन्त्र, हिन्दु राष्ट्र ब्युँताउने अभियानमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu