ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवराज सिलवाल विरुद्ध मुद्दा दायरको तयारी


एबीसी न्यूज
२९ माघ २०७४, सोमबार   १ : ५१   बजे

काठमाडौं,२९ माघ । एमाले सांसद तथा पूर्वडिआइजी नवराज सिलवालले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी विवरण कीर्ते गरेको पुष्टि भएको छ। सिलवाल माथिको अनुसन्धान पूरा भएको प्रहरीले जनाएको छ अनुसन्धानको क्रममा उनले कीर्ते विवरण बुझाएको प्रहरीले जनाएको छ । कीर्ते भएको पुष्टि भएसँगै उनलाई मुद्दा दायरको तयारी सुरु भएको छ। यही हप्ताभित्र सिलवालविरुद्ध मुद्दा दायर गरिने महानगरीय प्रहरी स्रोतले बताएको छ ।

सिलवालले पेश गरेको कागजपत्र कीर्ते भएको प्रयोगशालाको रिपोर्टबाट समेत प्रस्ट भएको छ। लोकसेवा आयोग, गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा भएको कासमुसम्बन्धी फाइल समेत झिकाएर परिसरले अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा सिलवालले अदालतमा पेश गरेको कासमू र अन्य निकायमा भएको कासमू फरक परेपछि सिलवालले नै कीर्ते गरेको पुष्टि भएको निष्कर्ष प्रहरीले निकालेको छ ।

सर्वोच्च अदालतले सिलवालले पेश गरेको कागजपत्र कीर्ते भएको भन्दै दोषीलाई छानबिन गरी कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा सिलवालमाथि छानबिन सुरु भएको हो। छानबिन सुरु भएलगत्तै उनी फरार भएका थिए। फरार प्रतिवादी बनाएर उनीविरुद्ध मुद्दा दायर गर्ने प्रहरीको तयारी छ। सरकारी कागजपत्र कीर्तेसम्बन्धी मुद्दामा एक वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ। सिलवाललाई मात्र प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको प्रहरी स्रोत बताउँछ।

कार्यसम्पादन मूल्यांकनमा आफ्नो नम्बर सबैभन्दा धेरै देखाउन सिलवालले नक्कली कागजपत्र पेश गरेको आरोप लाग्दै आएको छ। सिलवालले भने अनलाइन मिडियामा आएको विवरण आफूले अदालतमा पेश गरेको बताउँदै आएका छन्।
आइजिपी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत भदौमा फैसला गरेको थियो। मुद्दा हारेपछि सिलवाल राजीनामा दिएर एमाले प्रवेश गरेका थिए। मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी ललितपुर १ बाट निर्वाचित भएका हुन्।

आजै देखी नयाँ एसएसपी र डिएसपी हाजिर
सिलवालकै मुद्दाको अनुसन्धानमा चलखेल गर्न लागेको आरोपमा प्रहरी प्रधान कार्यालयले आइतबार काठमाडौं परिसरका एसएसपी र डिएसपीलाई हटाएको थियो। एसएसपी रविन्द्र धानुक र डिएसपी बेल पाण्डेलाई हटाइएको हो।

काठमाडौं परिसरमा सोमबारदेखि नै एसएसपी विश्वराज पोखरेल र डिएसपी मोहन थापा हाजिर भएका छन्। जनसेवा वृत्तमा कार्यरत थापालाई परिसरको मुद्दा शाखामा सरुवा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s Infectious Animal Disease Control Bill Advances to Committee Stage

Jason Arday’s Death Exposes ‘Machinery of Cruelty’ Within Institutions

Trump’s Approval Rating Hits New Low Amid Concerns Over Iran Conflict

Latvia Requests €7 Billion From EU To Cover Costs Of Anti-Russia Policies

Ukrainian Children Allegedly Assaulted in Poland Amid Rising Tensions

Nepal Parliament Speaker Urges Government Response to Lawmaker Queries

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu