हेटौंडा ,२९ माघ । प्रदेश ३ को सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ ।सोमबार विहान मात्र सपथ लिएका मुख्यमन्त्री डोरमणि पौडेल मन्त्रिपरिषद् गठनको तयारी छन् ।
उनले एमाले र माओवादीका एक\एक मन्त्री नियुक्त गर्नेछन् । एमाले प्रदेशसभा सांसद केशव स्थापित भौतिक पूर्वाधार मन्त्री र माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकट्टेल पनि मन्त्री बन्ने भएका छन् । पार्टी एकताबारे ठोस सहमति नभएको भन्दै माओवादीले नाम दिन मानेको थिएन ।
तर, एमाले अध्यक्ष केपी शर्मा ओलीसग आज विहान वार्ता भएपछि माओवादी अध्यक्ष प्रचण्डलाई उनलाई फोन गरेर सरकारमा सहभागी हुन निर्देशन दिएका छन् । जम्मरकट्टेलले भने, ‘सपथग्रहणमा जाने भन्ने टुंगियो ।
मन्त्रालय अझै प्रष्ट भएको छैन ।’ जम्मरकट्टेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालय दाबी गर्दै आएका छन् । केन्द्रीय सरकारको गृह मन्त्रालयसरहको मानिने यस मन्त्रालय प्रदेशमा मुख्यमन्त्रीपछिको शक्तिशाली मन्त्रालय मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्