काठमाडौ, २९ माघ । विद्यार्थीहरुका लागी कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्दै आफ्नो सीप र प्रतिभा प्रर्दशन गर्ने मञ्च नेपालमा एकदम न्युन छ । यहि कुरालाई मध्यनजर गरी बृहस्पति विद्यासदनले बीभीएस ओपनहाउस प्र्रोग्राम २०१८ सम्पन्न गरेको छ ।
मानवीय मुल्य र मान्यतालाई जागृत गर्ने उत्कृष्ट शिक्षाका लागी पहिलोे रोजाइ भन्ने मुल दृष्टिकोणका साथ काठमाडौंको नक्सालमा संचालीत वृहस्पति विद्या सदनले आफ्ना विद्यार्थीहरुका लागी गुणस्तरिय तथा व्यवहारिक शिक्षाको साथै विद्यार्थीको व्यक्तित्व विकासका लागी आफ्नो स्थापना काल देखि नै विशेष भुमिका निर्वाह गर्दै आएको जनाएको छ ।
करिब ३५ सय विद्यार्थी तथा अभिभावकले अवलोकन गरेको बीभीएस ओपनहाउस २०१८ मा विद्यालयका विद्यँर्थीले बनाएका विभिन्न उपकरण लगाएत सजावटको सामग्रीहरु, , पुस्तकका साथै खानाका विभिन्न परिकारको ६० वटा भन्दा बढी स्टल राखिएको थियो । यस्तै कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले लाइभ म्युजीक सो पनि प्रस्तुत गरेका थिए । यसरि आयोजना गरिएको कार्यक्रमबाट संकलन भएको रकम सामाजीक सेवामा लगानी गर्ने विद्यालयको मिडिया संयोजक डोल्मा लामाले बताइन ।
यस्ता विद्यालयमा आयोजना गरिने क्रार्यक्रमले विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा प्रदर्शन गर्ने अवसर पाउने गर्दछन् । जसले विद्यार्थीको क्षमता र आत्माविश्वास अभिवृद्धि गर्नुको साथै विदार्थीलाइ व्यवहारीक र उपलब्धीमुलक कार्यमा अगाडी बढ्न मद्धत पुग्ने विस्वास आयोजकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्