ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठमेल चौबिसै घण्टा खुलाउने र ‘फ्री भेइकल जोन’ बनाउने तयारी


एबीसी न्यूज
२१ मंसिर २०८०, बिहिबार   ३ : ४७   बजे

काठमाडौं, २१ मंसिर । पर्यटकीय क्षेत्र ठमेल चौबिसै घण्टा खुलाउने तयारी गरिएको छ । ठमेल चौबिसै घण्टा खुलाउने गरी ‘व्यवसायी आचारसंहिता’ बनाइरहेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए ।

आउँदो अंग्रेजी नयाँ वर्षभित्र नै ठमेल चौबिसै घण्टा खुला गर्ने र ‘फ्री भेइकल जोन’ बनाउने गरी तयारी भइरहेको शर्माले जानकारी दिए ।

शान्ति सुरक्षा, पार्किङ व्यवस्थापन, चौबिसै घण्टा खुला गर्दा कुनै पनि व्यवसायीलाई मर्का नपर्ने गरी कसरी सञ्चालन गर्न सकिन्छ भनेर व्यावसायिक आचारसंहिता बनाइरहेको उनले उल्लेख गरे ।

“शान्ति सुरक्षा व्यवस्थापन कसरी गर्ने ? पार्किङ व्यवस्थापन कसरी गर्ने रु चौबिसै घण्टा सञ्चालन गर्दा व्यवसायीलाई मर्का नपर्ने गरी कसरी सञ्चालन गर्ने भनेर हामीले व्यावसायिक आचारसंहिता बनाइरहेका छौँ,” शर्माले बाह्रखरीसित भने, “काठमाडौं महानगर, दरबार वृत्त, सोह्रखुट्टे वृत्त, ट्राफिक महाशाखा, ठमेल पर्यटन विकास परिषद्, ठमेलसँग जोडिएका चारवटै वडाका जनप्रतिनिधिसहितको एउटा समिति गठन गरेर आचारसंहिता बनाइरहेका छौं ।”

आचारसंहिता पारितपछि ठमेल चौबिसै घण्टा खुलाइने उनले जानकारी दिए ।

यस्तै, बेलुका ७ देखि बिहान ५ बजेसम्म ठमेल क्षेत्र ‘फ्री भेइकल जोन’ बनाइनेछ । “त्यसका लागि अहिले सीसी क्यामेरा, सडकबत्ती जडान, स्ट्रिट नम्बर राख्ने काम भइरहेको छ,” उनले भने, “यी सबै काम पूरा भएपछि ठमेल चौबिसै घण्टा खुलाउछौँ ।”

ठमेलमा अहिले ११२ वटा सीसी क्यामेरा जडान गरिएको छ । त्यसले ठमेलमा हुन सक्ने सम्भावित घटना नियन्त्रण गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

“अहिले ११२ वटा क्यामेरा जडान गरेका छौँ । त्यो एकदमै हाई टेक्नालोजी हो । त्यसले पूरै ठमेललाई कभर हुन्छ । ठमेलमा हुन सक्ने सम्भावित घटनालाई नियन्त्रण लिन सहयोग पुग्छ,” शर्माले भने ।

सडकबत्ती जडानको काम दुई हप्ताभित्र सकिने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu