काठमाडौ २२ मंसिर । भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए।
विहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेरे छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान १४ किलो सुनसहित पक्राउ गरिएको थियो।
सुराकीको आधारमा भन्सार प्रमुख डा टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको हो । पक्राउ परेका दुबैजनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर पठाइएको छ। कार्यालय खुलेपछि उनीहरूलाई विमानस्थल भन्सार कार्यालय गौचरमा उपस्थित गराइ थप अनुसन्धान हुने भन्सार प्रमुख पाण्डेले जानकारी दिए।







प्रतिक्रिया दिनुहोस्