ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आउँदो सोमवार मनाइँने बाला चतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न काेषकाे आग्रह


एबीसी न्यूज
२२ मंसिर २०८०, शुक्रबार   ९ : ४०   बजे

काठमाडौ २२ मंसिर । आउँदो सोमवार मनाइँने  बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।कोषले आज शुक्रवार सार्वजनिक सूचना निकालेर आउँदो सोमवार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरेको हो । कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न र बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरेको छ ।

कोषका अनुसार कैलाश चौरमा पाल राखी बत्ती बाल्न पाइने छैन । तर शतबीज भने छर्न पाइने छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चौरसहित बाग्मती नदीको खाली किनारामा व्यवस्था गरिएको छ । पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजनका लागि निःशुल्क पालको व्यवस्था गरिदिएको पनि पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यो काममा नेपाली सेनाले पनि सहयोग गर्ने सूचनामा उल्लेख छ ।यस्तै आफैँ उपस्थित भई बत्ती बाल्न नसक्नेहरूका लागि कोषमा दुई हजार एक सय रुपैयाँ शुल्क बुझाई बत्ती बालिदिने व्यवस्थासमेत मिलाइएको छ । त्यस्ता भक्तजनले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकामा रहेको पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्ने छ ।बाला चतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरको वरपरका क्षेत्रमा माछा, मासु, जाँड–रक्सी र अन्य नशालु लागुपदार्थ सेवन तथा बिक्रीरवितरणमा रोक लगाइएको छ । बालाचतुर्दशी पर्व आउँदो सोमवार मनाइँदैछ । आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu