ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वयम्भु–मन्जुश्री यातायात प्रा.लीको अध्यक्षमा छिरिङ शेर्पा सर्वसम्मत


एबीसी न्यूज
२३ मंसिर २०८०, शनिबार   ९ : ४१   बजे

काठमाडौं, २३ मंसिर ।  स्वयम्भु मञ्जुश्री यातायात प्रा.लि.को अध्यक्षमा पुन छिरिङ शेर्पा निर्वाचित भएका छन् । चितवनामा भएको ऐतिहासिक दोस्रो अधिवेशनबाट शेर्पालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यस्तै, संचालक सदस्यहरुमा क्रमश नीर कुमार मोक्तान, लाक्पा शेर्पा, शम्भु अधिकारी, भरत तिमिल्सिना,वसन्त भन्डारी, बलराम बराल,पासाङ्ग तामङ्ग, ठुलाइ तामाङ्ग, बिष्णु बहादुर श्रेष्ठ, राम कृष्ण खडका र लेखा संयोजकमा नगेन्द्र पौडेल पनि सर्वसम्मत निर्वाचित भएका छन्। नेपालबाट भारतका विभिन्न स्थानमा मैत्री बस सेवा सञ्चालन गरिरहेको यातायात प्रालीको सबै टिम नै अघिल्लो कार्यकालको नै चयन भएको छ ।

स्वयम्भु–मन्जुश्रीले नेपाल–भारत मैत्री सेवा पनि सञ्चालन गरिरहेको छ । वि.स २०५६ सालदेखि काठमाडौंबाट दिल्ली यात्रु बस सञ्चालन गर्दै आएको कम्पनीले सन् २०१४ देखि सरकारी स्तरबाट समेत नेपाल–भारत नियमित मैत्री बससेवा उपलब्ध गराउँदै आएको छ । नेपाल भारत यात्रु मैत्री बस सेवा संचालनमा भारत सरकारको तर्फबाट उत्तर प्रदेश परिवहन निगम र विहार राज्य पथ परिवहन निगम सँग सौझता गरी सेवा संचालनरत छ। एक देशबाट अर्को देशमा जानु पर्दा यात्रुहरुलाई सिधा एउटै बसबाट सजिलै गन्तव्य सम्म पुग्न सकिने र बोर्डरमा सामान चढाउने, ओराल्ने झन्झट पनि मुक्त भएको अध्यक्ष शेर्पा बताउँछन् । स्वयम्भू मन्जुश्रीका बसहरु नेपालमा संचालन भैरहेका बसहरु भन्दा अलि फरक, लामा ठुला इएर सस्पेन्सन,सजिलो र ठुला सिटहरुसहित सुविधा सम्पन्न र आरमदायी छ।

स्वयम्भु–मन्जुश्रीले नेपाली यात्रुहरुलाई निरन्तर सुरक्षित र आरामदायी सेवा प्रवाह गर्दै आईरहेको छ । नेपाल–भारतमा सिधै आवाजजावत गर्नका लागि सहज वातावरण निर्माण गर्दै आईरहेको मञ्जुश्री यातायातले हाल काठमाडौदेखि भारतको दिल्ली, पटना बोधगया, वनारस र जनकपुरदेखि पटना बोधगयामा सिधै बससेवा सञ्चालन गरिरहेको छ । आगामी दिनमा भारतका अन्य क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष शेर्पाले बताए । प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज सेवा दिने काममा आफूहरु निरन्तर लागि रहेको उनको स्वयम्भू मन्जुश्रीका लेखा सम्योजक नगेन्द्र पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group