काठमाडौ २४ मंसिर । आज सुनको भाउ १ हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ । अस्ति, शुक्रवार सुनको भाउ तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ थियो। अघिल्लो हप्ता सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
यस्तै, अहिल्लो हप्ता महँगो भएको चाँदीको भाउ पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज चाँदीको भाउ तोलाको एक हजार ४ सय २५ रुपैयाँ तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्