ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फरार कोइरीलाई खोज्दै मृतक असई पत्नी र छोरा काठमाण्डौमा


एबीसी न्यूज
२४ मंसिर २०८०, आइतबार   ४ : १२   बजे

काठमाडौं, २४ मंसिर । नेपालगन्ज–२५ शान्तिनगरका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बहादुर विकलाई महोत्तरीमा मधेश आन्दोलनको समयमा लखेटी, लखेटी निर्ममतापुर्वक हत्या गरेको ८ बर्ष वितेको छ ।
यो अवधीमा विकको हत्या हुदा ३ बर्षका छोरा सुबोध विक ११ बर्ष पुगेका छन । यसैमध्ये नियोजित ढंगले लाठी र जुत्ता बजारेर निर्मतापुर्वक हत्या गरेको आरोप लागेका मुख्य आरोपी लक्ष्मी महतो कोइरी महोत्तरी क्षेत्र न.१ वाट संघिय संसदमा निर्वाचित भएपनि  निलम्बनमा परेका छन ।

निलम्बनसगैँ पक्राउ पर्ने डरले फरार रहेका कोइरीलाई खोज्दै नेपालगन्जवाट थमनका छोरा र श्रीमती सोभा विक यतिवेला संघिय राजधानी आएर न्यायको याचना गरिरहेका छन । प्रमाणसहित ८ बर्ष अगाडि मृतक थमनका दाजु प्रेम विकले किटानी जाहेरी दिएका उनै कोइरीलाई खोज्दै श्रीमती सोभा र उन्का छोरा सुबोध न्याय नपाएपछि राजधानी आईपुगेका हुन ।

ञसंघिय राजधानी आएपछी न्याय पाईन्छ कि भनेर छोरालाई लिएर यहाँ आईपुगेको छु । थमनकी श्रीमती सोभाले भनिन । अहिले थमनका छोरा सुबोध घरी-घरी आमालाई वुवाको वारेमा सोध्ने गर्दछन । वुवाको फोटो हेर्दै टोलाउदै गर्ने सुबोध पछिल्लो समय समाचारमा आएका बिषयवस्तुले बाल मष्तिकमा गहिरो चोट पुगेको आमा सोभा वताउछिन ।२०७२ साल भदौ २५ गते आन्दोलनकारीलाई नियन्त्रण गर्ने क्रममा घाइते भएका थमनलाई उपचारको लागी एम्बुलेन्सवाट जनकपुर लैजाँदै गर्दा त्याहावाट निकालेर धानवारीमा लखेटेर कोइरीको नेतृत्वमा थमनको हत्या गरेको आरोप लागेको थियो ।

समाचारवाट यी विषयहरु थाहा पाएका सुबोधको नै आग्रहमा आमा सोभा संघिय राजधानी आईपुगेको वताउछिन ।छोराले निक्कै कर गरेपछी न्यायको खोजीमा काठमाण्डौ आईपुगेका छौ । सोभाले भनिन । संघिय राजधानी आएपछी न्याय पाईन्छ भन्ने उदेश्यले हारगुहार गर्न यहाँ आएका हौ ।

एम्बुलेन्सवाट थुतेपछी धानबारीमा लखेटेर मुक्का र लात्ती बजार्दै निर्मम ढंगले हत्या गरेको दृश्य देख्दा श्रीमती सोभा अहिलेपनी निक्कै दुखित हुन्छिन ।यही घटनाका कारणले सोभाले अहिलेपनी डिप्रेसनको औषधि खान छाडेकी छैनन । ञमन दरो बनाउन नै सक्दिन । छोरालाई हेरेर मन दरो बनाऔ भन्छु सक्दै सकेको छैन ।अझ श्रीमानलाई हत्या गर्ने मुख्य योजनाकार भनिएका कोइरीलाई उन्मुक्ति दिदा आमा सोभा मात्र हैनन उन्का छोरा सुबोध निक्कै दुखित छन ।हुन त राज्यले छोरालाई निस्शुल्क पठनपाठन गराईदिएको छ । वहाँको मासिक पैसा पनि मलाई आउँछ न्याय विनाको यो सवै फिक्का बनेको छ । सोभाले भनिन ।मृतक थमनका दाइ प्रेमले दिएको मुद्दामा २०७५ साउन २८ मा जिल्ला अदालत महोत्तरीले २८ जनामाथि मुद्दा दर्ता गरेको थियो।

तीमध्ये लक्ष्मी महतो कोइरीलाई तारेकमा रिहा गर्ने निर्णय गरेको थियो । तर साउन २८ मा जिल्ला अदालत महोत्तरीले गरेको आदेशमा त्रुटि भएको भन्दै सरकारी वकिल कार्यालय महोत्तरीले असोज ११ मा उच्च अदालत जनकपुरमा रिट दायर गरेको थियो। साधारण तारेखमा छुटेका अभियुक्तहरूलाई थुनामा राखेर अनुसन्धान गनुपर्ने मागसहित सरकारी वकिलले उच्च अदालतमा हालेको रिटमाथी सुनुवाई गर्दै फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरीले मंसिरको आम चुनाव महोत्तरी १ बाट जितेका थिए ।

७ पुस २०७९ मा प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सरिक हुन उनी नयाँबानेश्वरस्थित संसद भवन छिरेका थिए । त्यसपछि २५ पुसमा बसेको प्रतिनिधिसभाको पहिलो बैठक र २६ पुसको दोसो बैठकमा कोइरी उपस्थित भएको संसदमा रेकर्ड छ ।

तीन पटकसम्म संसद भवन छिरेर निस्कँदा समेत नसमातिएका कोइरीलाई ६ माघ २०७९ मा गृह मन्त्रालयले पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । तर, अझैसम्म उनी भेटिएका छैनन् । तर जानाजान हत्या गरेको दृश्य देखेका मृतक थमनका श्रीमती सोभा र छोरा सुबोध भने न्याय दिलाईदिन चौतर्फी याचना गरिरहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu