ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ६ मा सरकार गठनको यस्तो छ तयारी


एबीसी न्यूज
२९ माघ २०७४, सोमबार   ५ : ००   बजे

सुर्खेत, २९ माघ। प्रदेश नं ६ मा वाम गठबन्धनले सरकार गठनको तयारी गरेको छ । सरकार गठनका लागि फागुन ३ गते प्रदेश प्रमुखसामू दाबी पेश गर्ने तयारी गरेको छ ।
वाम गठबन्धनमा प्रदेश ६ को मुख्यमन्त्री माओवादीले को भागमा परेपछि माओवादी केन्द्रले संसदीय दलको नेतामा महेन्द्रबहादुर शाहीलाई चयन गरिसकेको छ । सभामुखको निर्वाचन सकियो अब फागुन ३ गते मुख्यमन्त्रीको दावी पेश गर्ने तयारीमा रहको संसदीय दलको नेता शाहीले बताए ।

एमाले र माओवादीको प्रष्ट बहुमत भएकाले शाही ३ गते नै मुख्यमन्त्री नियुक्त हुनेछन् । ४० सदस्यीय प्रदेशसभामा एमाले २० र माओवादी १३ गरी ३३ सांसद छन् ।

मन्त्रीमा क–कसको दाबी ?

प्रदेश सरकार गठनको तयारीसँगै सांसदहरुले मन्त्रीका लागि आ–आफ्नो लबिङ थालेका छन् । मुख्यमन्त्रीको दौडबाट बाहिरिएका माओवादी केन्द्रका सांसद नरेश भण्डारी क्याविनेटमा आउने अनुमान गरिएको छ । माओवादी नेताहरुले आफ्नो भागमा परेका मन्त्रालयहरु मध्ये रोजेर लिन भण्डारीलाई भनेको माओवादी केन्द्रको स्रोतको बताएको छ ।

भण्डारीले भने आफूले धारणा बनाइनसकेको बताएका छन् । ‘क्याविनेटमा जाने कि नजाने भन्ने मैले अहिले त्यो सोचेको छैन,’भण्डारीले भने,’यस सम्बन्धमा छलफल हुन्छ ।’

प्रदेश ६ मा सभामुख र चार मन्त्री एमालेको भागमा परेको छ भने उपसभामुख, मुख्यमन्त्री र दुई मन्त्री माओवादीको भागमा परेको छ ।

एमालेभित्र जाजरकोटका करवीर शाही, डोल्पाका दल रावल, दैलेखका अम्मरबहादुर थापा, सुशील थापा, सल्यानका गुलाबजंग शाह, सुर्खेतकी पदमा खड्का लगायले मन्त्रीका लागि लविङ गरिरहेका छन् ।

यस्तै सांसद पदम रोकाय, खड्क केसी पनि मन्त्रीका लागि आकांक्षी देखिएका छन् भने सभामुखको दावी गरिरहेका मुगुका चन्द्र शाहीलाई पनि एमालेले चित्त बुझाउनु पर्ने छ ।

यस्तै माओवादीभित्र पनि दुई मन्त्रीका लागि धेरै आकांक्षी देखिएका छन् । माओवादीको भागमा महिला परेको खण्डमा सीता नेपाली र बिमला केसी मध्ये एक जना मन्त्री बन्ने निश्चित छ ।

विन्दमान विष्ट, ठम्मर विष्ट, धर्मराज रेग्मी, गणेशप्रसाद सिंह, रातो कामी, गोपाल शर्मा पनि मन्त्रीका दावेदार हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s Infectious Animal Disease Control Bill Advances to Committee Stage

Jason Arday’s Death Exposes ‘Machinery of Cruelty’ Within Institutions

Trump’s Approval Rating Hits New Low Amid Concerns Over Iran Conflict

Latvia Requests €7 Billion From EU To Cover Costs Of Anti-Russia Policies

Ukrainian Children Allegedly Assaulted in Poland Amid Rising Tensions

Nepal Parliament Speaker Urges Government Response to Lawmaker Queries

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu