ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतपछि अस्ट्रेलियामा पनि हुँदै छ विद्यार्थी भिसामा कडाइ


एबीसी न्यूज
२५ मंसिर २०८०, सोमबार   १ : ४७   बजे

काठमाडौं, २५ मंसिर । अस्ट्रेलियाले पनि आप्रवासनलाई कडा पार्ने नीति ल्याउने भएको छ। अध्यागमन प्रणालीमा दुई वर्षभित्रै सुधार गर्ने भन्दै सरकारले नयाँ योजना ल्याउन लागेको बीबीसीले जनाएको छ।

यसअघि संयुक्त अधिराज्य बेलायतले पनि आप्रवासनमा कडा नीति अख्तियार गर्ने योजना सार्वजनिक गरेको थियो।

वार्षिक इन्टेक २ लाख ५० हजारमा कटौती गर्ने लक्ष्यसहित सरकारले नयाँ योजना ल्याउनलागेको हो। सन् २०२५ जुनसम्ममा अर्थात् महामारीअघिको अवस्थामा उक्त लक्ष्य पूरा हुने सरकारको विश्वास छ।

 

योसँगै अब विदेशबाट पढ्न आउने विद्यार्थीको भिसा नियमलाई थप कसिलो पारिनेछ भने कम दक्ष कामदारलाई पनि नयाँ योजनाले कडा पार्नेछ।

हाल अस्ट्रेलियाको आप्रवासन बढेर कीर्तिमानी स्तरमा पुगेको छ। यसले आवासीय र पूर्वाधार क्षेत्रमा दबाब सिर्जना गरेको छ। यति हुँदाहुँदै पनि अस्ट्रेलियामा दक्ष कामदारको अभाव कायमै छ।

आप्रवासन कडाइ गर्दै बेलायत स् न्यूनतम आम्दानी बढाइने, भिसा कसिलो
सोमबार गृहमन्त्री क्लेयर ओ’निलले १० वर्षे अध्यागमन रणनीति सार्वजनिक गर्दै आप्रवासन प्रणालीलाई अघिल्लो सरकारले खुकुलो गरी समस्या सिर्जना गरेको बताइन्।

यही वर्षको सुरुतिर गरिएको प्रणालीको समीक्षामा त्यहाँको अध्यागमन नराम्ररी बिग्रेको र अनावश्यक जटिलता देखिएकोले अब यसलाई सुधार्नुको विकल्प नरहेको बताइएको थियो।

यो वर्ष जुनसम्म अस्ट्रेलियामा ५ लाख १० हजार मानिसहरु आएका थिए।

नयाँ नियमअनुसार विदेशी विद्यार्थीका लागि न्यूनतम अंग्रेजी आवश्यकताको नियम थप कसिलो बनाइनेछ। त्यस्तै आउन चाहनेहरुको थप अनुसन्धान गरिनेछ।

हाल अस्ट्रेलियामा ६ लाख ५० हजार विदेशी विद्यार्थी रहेका छन् भने तीमध्ये धेरैजसो दोस्रो भिसामा रहेको आधिकारिक तथ्यांकले देखाएको छ।

विशेषज्ञ तथा उच्च दक्ष र हेरचाह क्षेत्रका विदेशी कामदारका लागि भने भिसा पाउने बाटो पीआर समेत सहजै लिन सक्ने गरी सहज बनाइने भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu