ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिक सुनुवाइमा प्रहरीकै गुनासो : ‘सञ्चार सेवा भरपर्दो नहुँदा समस्या घटना न्यूनीकरणमा समस्या’


एबीसी न्यूज
२६ मंसिर २०८०, मंगलबार   ३ : ०१   बजे

काठमाडौ २६ मंसिर । नागरिकको सुरक्षा र समाजमा शान्ति स्थापना कायम गर्न सञ्चारको भरपर्दो सुविधा नहुँदा सोचेजस्तो सेवा प्र्रदान गर्न नसकिएको प्रहरीको गुनासो छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११स्थित मङ्गलटारमा रहेको इलाका प्रहरी कार्यालयले आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’मा इलाका प्रहरी कार्यालयका प्रमुख पञ्चलाल गोलेले रातिको समयम कार्यालय भएको क्षेत्रमा मोबाइलको नेटवर्क नहुँदा नागरिकको समस्या र गुनासोलाई सम्बोधन गर्न कठिनाई भएको गुनासो गरे।

इलाका प्रहरी कार्यालय क्षेत्रमा नेपाल टेलिकम र एनसेलको सेवामा कमजोर भएका कारण नागरिकले दिनुपर्ने सूचना र प्रहरीबाट हुनुपर्ने शान्ति सुरक्षाको काममा प्रभावकारिता आउन नसकेको उनको भनाइ थियो । “दिउँसोको समयमा नेटवर्क आए पनि रातिको समयमा दबै सञ्चारमाध्यमका नेटवर्कले काम गर्दैनन् ।” उनले भने, “धेरै वर्ष अगाडिदेखिको यस क्षेत्रको समस्या भनेको सञ्चारको पहुँच प्रभावकारी नहुनु हो ।

”पछिल्लो समयमा कार्यालय अनुगमनको क्रममा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखलाई सूचना र सञ्चारको क्षेत्रमा व्यहोर्नुपरेको समस्याबारे जानकारी गराउँदा उनीहरूले समाधान गर्न सम्बन्धित ठाउँमा पहल गर्ने आश्वासन दिनुभएको प्रमुख गोलेले बताए। विशेषगरी रातिको समयमा हुने आपाराधिक घटनाको सूचना बेलैमा प्राप्त हुन नसक्दा आपराधिक घटनामा संलग्न हुने व्यक्ति उम्कने गरेको उनको भनाइ थियो।

भौगोलिक विकटता, जनशक्ति अभब ठाउँ अनुसारको सवारीसाधन नहुनु र भएका सवारी साधन पनि थोरै हुँदा स्थानीय जनप्रतिनिधि, सङ्घ÷संस्था र नागरिककै सहयोग लिनुपरेको प्रमुख गोलेको भनाइ थियो पछिल्लो समय गाउँपालिकाको सहयोगमा मुख्य बजार क्षेत्रमा सिसिटिभि, जडान गरिएपछि घटनाको अनुसन्धानमा सहज भएको जनाइएको थियो। इलाका प्रहरी कार्यालयमा आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिकमा ६६ वटा सवारी साधन दुर्घटना, दुई वटा जबरर्जस्ती करणीको मुद्दा, एउटा आगलागीको घटना, तीन जना चोरी मुद्दा परेका र दुई वटा चोरीको मोटरसाइकल नियन्त्रणमा लिइएको त्यसबखत जनाइएको थियोे ।

कार्यालयबाट सो अवधिभित्र २८ वटा स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन र आठ ठाउँमा सिसिटिभि जडान गरिएको जानकारी दिइयोे ।नागरिकले भने घटना भएको समयमा नै प्रहरीको उपस्थिति र सुरक्षाको व्यवस्था प्रभावकारी नभएको गुनासो गरेका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपदको बेलामा र शान्ति सुरक्षाको काममा प्रहरीको महत्वपूर्ण योगदान रहेको बताए।

प्रहरीकै सहयोगमा जनप्रतिनिधि र कर्मचारी मिलेर नागरिकको सेवामा खट्नु परेकाले प्रहरीलाई पालिकाले सहयोग गर्दै आएको उनले उनको भनाइ थियो । विकास निर्माण र प्रशासनिक क्षेत्रमा गर्नुपर्ने काममा पालिका लागिरहेको बताउँदै अध्यक्ष लामाले संवेदनशील स्थानमा सिसिटिभि जडान गरिएको र अन्य स्थानमा पनि क्रमशः थप्दै जाने जानकारी दिए।

रोशी गाउँपालिकाका–११ को भिखोरी डाँडामा भएको नेपाल टेलिकमको टावरमा राष्ट्रिय विद्युतीकरणको लाइन विस्तार नभएका कारण सोलारमार्फत विद्युत सञ्चालन गरिएकाले रातिको समयमा नेटवर्कको समस्या हुने गरेका कारण राष्ट्रिय प्रसारण लाईन जोड्ने प्रक्रियामा रहेको र विद्युत उपलब्ध भएपछि नेपाल टेलिकमको नेटवर्कको समस्या समाधान हुने र बिपी राजमार्गमा पनि फ्रि वाइफाईको लागि इन्टरनेटको सुविधा पु¥याउन पहल भइरहेको बताइएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मीमबहादुर वाईबा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, गाउँपालिका प्रवक्ता वसन्तकुमार लामा, वडाध्यक्ष गाउँपालिकाका शाखा प्रमुख सञ्चाकर्मी र स्थानीयवासीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group