ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केसीको घरमा शेखर–गगन संवाद तय भयो भोलिका लागि बैठक


एबीसी न्यूज
२६ मंसिर २०८०, मंगलबार   ३ : १२   बजे

काठमाडौं, २६ मंसिर ।  केही महिनाको ‘ग्याप’पश्चात् नेपाली कांग्रेसको इतर समूहका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाए । मंसिर २६ गते मंगलबारका लागि काठमाडौंको अनुपम फूडल्यान्डमा समूहको बैठक बोलाइयो । तर, बैठक बस्ने समाचार सञ्चारमाध्यममा आएसँगै विवाद जस्तै देखियो ।

खासमा शेखरले बैठक बोलाउँदा महामन्त्री गगनकुमार थापासँग सल्लाह नभएको कुरा बाहिर आयो । मंसिर २६ गतेका लागि कार्यक्रम तय भइसकेको अवस्थामा थापा बैठकमा नजाने विषय बाहिर आए । यो घटनाले शेखर समूहमा एकरूपता नभएको चर्चा बाहिरियो ।

शेखरले सल्लाह नगरी बैठक बोलाएको समूहका नेताहरूले बताए । तर, शेखर निकट एक नेता एकलौटी सल्लाहबिनै बैठक बोलाइएको भन्ने कुरा ठाडै अस्वीकार गर्छन् ।

“हामीले बोलाउन उहाँलाई फोन गरेको हो । शेखर दाइले फोन गर्दा गगन दाइको अफ थियो । दिनेशजीले फोन गर्दा फोन उठेन । उहाँको सचिवालयमा खबर गर्दा यता खबर गरेर फोन गर्छु भन्नुभयो । तर, फोन आएन,” ती केन्द्रीय नेताले भने ।

यो घटनापछि कांग्रेस वृत्तमा शेखर–गगन सम्बन्धलाई लिएर बहस भए । त्यसपश्चात् केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संवाद अघि बढाए ।

“गगनजीसँग सल्लाह नभइ समय तय भएको रहेछ । गगनजीको आजको कार्यक्रम तय भएको रहेछ । भोलि भए गगनजीले समय निकाल्छु भन्नुभयो,” केन्द्रीय सदस्य मधु आचार्यले भने, “हिजो साँझ अर्जुननरसिंह केसी दाइले दुई, तीन घण्टा राखेर संवाद गराउनुभएको हो ।”

केसीको घरमा संवाद स् तिक्ततामा अरू खेल्छन्, मिल्नुको विकल्प छैन
बैठकमा समूहका नेता शेखर कोइराला र समूहबाट महामन्त्री जितेका गगन थापासहितको टिम एकताबद्ध भएर अघि नबढे समूह कमजोर हुने विषयमा छलफल भएको थियो ।

बैठकमा नेता अर्जुनरसिंह केसीले दुई बीचमा तिक्तता र असहमति जसरी भएपनि अहिले बाहिर आउन नहुनेमा जोड दिएका थिए । केसीकै घरमा बसेको बैठकमा मिलेर अघि बढ्ने सहमति भएको थियो । आफूहरू मिलेर अघि बढने अरुलाई फाइदा पुग्नेमा समूह निष्कर्षमा पुगेको केसी बताउँछन् ।

सोहीकारण आजका लागि बोलाइएको बैठक भोलिसम्मका लागि सारिएको उनको भनाइ छ । भोलिको बैठक बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा दिउँसो १ बजे बस्ने केन्द्रीय सदस्य आचार्यले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

सम्बन्धित

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu