ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायी पलायन हुने क्रम रोकिएन


एबीसी न्यूज
२६ मंसिर २०८०, मंगलबार   ३ : २५   बजे

काठमाडौ २६ मंसिर । नवलपरासी बर्दघाट सुस्तापूर्वमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर खाली हुने क्रम बढेको छ । पछिल्लो समय आर्थिक सङ्कटका कारण व्यवसायी पलायन हुने क्रम बढेसँगै मुख्य बजारका सटर खाली हुन थालेका हुन् ।आर्थिक गतिविधि सुस्त हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सङ्ख्या बढ्दै गएको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बैकुण्ठप्रसाद अर्यालले बताए।

“घरधनीको भाडा वृद्धि, बैङ्कको उच्च ब्याजदर र ऋणको किस्ता तिर्न नसक्दा २५ देखि ३० प्रतिशत व्यावसायिक सटर खाली भएका छन्,” उनले भने, “व्यापार राम्रोसँग नहुँदा बालबच्चा पढाउन नसक्ने अवस्थामा पुगेपछि धेरै जना व्यवसाय छाडेर वैदेशिक रोजगारीमा गएकाले पनि सटर खाली भएका हुन् ।” खाद्यान्न किरानासँगै अत्यावश्यक व्यवसाय चले पनि अन्य व्यवसायमा कारोबार न्यून रहेकाले सरकारले तत्काल अहिलेको समस्या समाधान गर्न आवश्यक रहेको अध्यक्ष अर्यालले बताए। जिल्लाका अन्य बजारको तुलनामा कावासोतीमा व्यवसायी पलायन हुने क्रम बढी छ ।

बैङ्कको ब्याजका कारण मारमा परेका व्यवसायी बजारमा ग्राहक नै आउने क्रम घटेसँगै पलायन हुने क्रम बढेको अध्यक्ष अर्यालले बताए। व्यवसायी पलायन हुने क्रममा जिल्लाको मध्यविन्दु नगरपालिकामा समेत बढ्दै गएको छ । १५ देखि २० प्रतिशतको हाराहारीमा व्यवसायी पलायन भएका मध्यविन्दु उद्योग वाणिज्य सङ्घका अध्यक्ष किरण श्रेष्ठले बताए । “व्यापार हुन छोडेपछि व्यवसायी पलायन हुन थालेका छन्”, उनले भने। व्यवसायी पलायनको समस्या देवचुली नगरपालिकामा पनि उस्तै छ । देवचुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष सूर्यप्रसाद दवाडीले देवचुलीमा पलायन हुने व्यवसायी ३० प्रतिशतभन्दा बढी रहेको बताए ।

“झण्डै ३० प्रतिशतले व्यवसाय छोडेका छन्,” उनले भने। वित्तीय संस्थाको ब्याजका कारणले व्यवसायी निरन्तर पलायन हुँदै गएको उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए। बैङ्क तथा वित्तीय संस्थाले ब्याजका लागि ताकेता बढाइरहेको तर व्यापार ठप्प भएकाले यस्तो अवस्था आएको उनको भनाइ छ । बैङ्क तथा वित्तीय संस्थाको ताकेताका कारण व्यवसायबाट पलायन हुनेको सङ्ख्या बढ्न थालेको अध्यक्ष भट्टचनको भनाइ छ ।

अर्थतन्त्रमा देखिएको समस्याले व्यावसायिक मन्दी बढिरहँदा नवलपरासी बर्दघाट सुस्तापूर्वमा नयाँ व्यवसाय दर्ता गर्ने दरमा समेत कमी आएको छ । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा तीन हजार पाँच सय ९४ उद्योग दर्ता भएका थिए भने आर्थिक वर्ष २०८०÷८१ को पहिलो तीन महिनामा ७० उद्योग दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका अध्यक्ष नगेन्द्र पौडेलले बताए। आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा दुई हजार दुई सय ९१ उद्योग नवीकरण भएकामा चालु आवको पहिलो तीन महिनामा एक सय ९५ वटा मात्रै उद्योग नवीकरण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group