रोल्पा, १ फागुन । रोल्पाको माडी गाउँपालिका–६, मिनाहीडाँडामा रहेको एनसेलको टावरमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।
सोमबार मध्यरातमा भएको विष्फोटबाट टावरको सोलार प्यानल, ब्याट्रि तथा अन्य केही उपकरणमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
उक्त घटना जनयुद्ध दिवस पारेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गराएको आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्