ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीआरसी विधेयकमा सहमतिबाटै निर्णय गरौं -कानुनमन्त्री


एबीसी न्यूज
६ पुस २०८०, शुक्रबार   ३ : ०१   बजे

काठमाडौं, ६ पौष । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै अगाडि बढाउनुपर्ने बताएका छन् ।

अल्पमत र बहुमतको प्रक्रियाबाट विवादित विषय टुंग्याउने हतारो नगर्न समेत उनले संसदीय ससितिलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न कानुनमन्त्री गुरुङलाई बोलाएको थियो ।

उनका अनुसार कानुन समितिमा सहमति जुट्न बाँकी विधयेकका चार विषयमा शीर्ष तहमा छलफल भएको छ । तर फेरि छलफल गर्ने बाहेक अरु सहमति नभएको भन्दै उनले भने, ‘यो विषयमा सहमति हुन सकेको छैन ।’

सबै एकमत भएर बृहत शान्ति सम्झौता भएको भन्दै उनले प्रक्रियामा जान तयार गर्न नहुने बताए । ‘सकेसम्म सहमतिमा टुंग्याउनुपर्छ’ जिम्मेवारी समितिको भएपनि राजनीतिसँग जोडिएको विषय भएकाले शीर्ष तहमा पनि सहमति खोज्नुपर्ने उनले बताए, ‘भोलि कसैगरी भएन भने विकल्पहरु सोचौंला ।’

शीर्ष तहमा टुंगिएपछि वा यसरी जाने भनेर सहमति भएपछि बैठक राख्न समते उनले आग्रह गरे । ‘शीर्ष तहका नेताहरु यो विषय यत्तिकै राख्ने भन्नेमा हुनुहुन्न’ विषयबस्तुमा सहमति नजुटे प्रक्रियामा सहमति खोज्ने भन्दै कानुनमन्त्री गुरुङले भने, ‘यसरी जाउँ भन्ने संकेत गर्नुभयो भने सजिलो पनि होला ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group