ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी


एबीसी न्यूज
६ पुस २०८०, शुक्रबार   ३ : ०५   बजे

काठमाडौं, ६ पौष । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारुढ नेपाली कांग्रेसभित्र विवाद बढेको छ । शेखर कोइराला–गगन थापा पक्षले मन्त्रिपरिषद्मा आफ्नो पक्षलाई नसमेटे विद्रोह गर्ने चेतावनी मुख्यमन्त्रीलाई दिएका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थप्न खोजेका छन् । उनले कांग्रेस र माओवादीबाट एकएक जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

कांग्रेस स्रोतका अनुसार मुख्यमन्त्री चौधरीले प्युठानका रोज राणा भनेर चिनिने सरोज थापालाई मन्त्री बनाउन लागेका छन् । तर शेखर पक्षले भने नवलपरासी पश्चिमका प्रदेशसभा सदस्य विश्वप्रेम पाठकलाई मन्त्री बनाउन भनेको छ ।

मुख्यमन्त्रीलाई फोन गरेर सन्तुलित मन्त्रिमण्डल बनाउन सुझाव दिएको कांग्रेस, लुम्बिनीका महामन्त्री विक्रम खनालले बताए । ‘आजै मन्त्रिमण्डल विस्तार गर्ने सुनेपछि मुख्यमन्त्रीलाई फोन गरेर सबैलाई समेटेर अघि बढ्नुस्, अन्यथा परिणाम राम्रो हुँदैन भनेको छु’ खनालले भने, ‘यसबारेमा महामन्त्री गगन थापा र शेखर दाइलाई पनि फोन गरेर जानकारी गराएको छु ।’

 

कांग्रेस संसदीय बोर्डका अर्का नेता विष्णु पोखरेलले लुम्बिनी प्रदेशको पार्टी समितिमा संस्थापनइतरको शक्ति ९० प्रतिशत हाराहारी रहेको दावी गर्दै सरकारमा संस्थापन पक्षबाट एकजना पनि नसमेटिए कोशीमा जस्तै विद्रोह हुने चेतावनी दिए ।

उनले भने, ‘मुख्यमन्त्रीले आफ्नो गुटका मान्छे मात्रै मन्त्री बनाउन मिल्दैन, पार्टीको निर्देशन पनि मान्नुपर्छ । एकलौटी गरिएमा पार्टीभित्रै द्वन्द्व हुन्छ ।’

मुख्यमन्त्रीको सचिवालयले भने पार्टीबाट मन्त्री हुनेको नाममा अन्तिम निर्णय भइनसकेको बताएको छ ।

लुम्बिनीमा तीन वटा मन्त्रालय खाली छ । चर कांग्रेसको प्रदेश समितिले आर्थिक भार बढ्ने भन्दै १० जनाभन्दा बढी मन्त्री बनाउन मुख्यमन्त्रीलाई निर्देशन दिएको छ ।

दुई जना मात्र मन्त्री थपिँदा माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्री बन्ने सम्भावना छ । कांग्रेसबाट मन्त्री बन्नेले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने छन् । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय भने मुख्यमन्त्री चौधरीसँगै नै रहनेछ ।

कांग्रेस संसदीय दलका नेता चौधरी नेकपा एमाले र राप्रपाबाहेक ८ राजनीतिक दलको समर्थनमा १४ वैशाखमा मुख्यमन्त्री बनेका थिए । तर सत्तारुढ दलहरुबीच सहमति नजुट्दा ९ महिना सम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group