ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेढ वर्षभित्र सिङ्गो नेपाल उज्यालो बनाउँछौँ – प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
७ पुस २०८०, शनिबार   ४ : १७   बजे

काठमाडौं, ७ पुस। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो कार्यकालमा काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिङ्गो देश उज्यालो बनाउने गरी योजना बनेको बताएका छन्।

शनिबार दिउँसो माओवादी केन्द्रको बुढानिलकण्ठको नगर सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको भए पनि जसचाहिँ अरुहरुले लिएको बताएका हुन् ।उनले भने, ‘देशमा विकास र समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य कामहरु हाम्रै पालामा भएका छन्। मैले तीनपटक सरकारको नेतृत्व गर्दा केही रणनीतिक महत्वका काम गरेको छु।

तर, हामीले आफूले गरेका कामको जस लिन सकिरहेका छैनौं। विरोधीले पीठो बेचिरहेका छन्, हामी चामल बेच्न पनि सकेनौँ ।’प्रधानमन्त्रीले आफ्नो तीन वटै कार्यकालमा महत्वपूर्ण कामहरु भए पनि त्यसको स्वामित्व लिन नसकिएको बताए । उनले भने, ‘‘पहिलो कार्यकालमा गरिब किसानको एक लाखसम्मको ब्याज र तीस हजारसम्मको सावा नै मिनाहा गरियो। पुर्व–पश्चिम, उत्तर–दक्षिण परियोजनाहरु अगाडि सारियो। विकासका ठूलठूला आयोजनाहरु सञ्चालनमा आए। प्रत्येक गाविसमा सहकारी निर्माण गरियो। दोस्रो कार्यकालमा उपत्यकामा लोडसेडिङको अन्त्य गरियो। अबको डेढ वर्षमा सिङ्गो देश नै उज्यालो हुने गरी काम गर्छौँ।’

सम्मेलनमा प्रधानमन्त्रीले तीन महिने अभियानले जनआधारमा सुदृढ हुँदै गएको भन्दै फागुनमा विधान अधिवेशन गरेर पार्टीमा नयाँ ढङ्गले विचार संश्लेषण गरिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

सम्बन्धित

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएका सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, प्रश्नपत्र चुहावटविरुद्ध सरकारको कदमपछि निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu