ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केन्याविरुद्ध नेपालको रोमाञ्चक जित, अन्तिम बलमा सोमपालले जिताए


admin
१ फाल्गुन २०७४, मंगलबार   २ : ३६   बजे

काठमाडौं, १ फागुन। विश्व क्रिकेट लिग डिभिजन टूमा केन्यालाई नेपालले ३ विकेटले हराएको छ ।
जितका लागि नेपालले अन्तिम ओभरसम्म संघर्ष गर्नुपरेको थियो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ रन चाहिएको थियो ।

अन्तिम ओभरको पहिलो बलमा रोहितले दुई रन लिएका थिए । तर अन्तिम ओभरको तेस्रो बलमा रोहित रनआउट भए । १ बलमा २ रन चाहिएको अवस्थामा सोमपालले २ रन लिएर नेपाललाई जिताए । सोमपालले ५ बलमा नटआउट रहँदै ५ रन बनाए ।

नेपालको ब्याटिङलाई उकासेका रोहित पौडेल ८६ बलमा ४७ रन बनाएर आउट भए । कप्तान पारस खड्का ४२ रन बनाएर आउट भए । आरिफ शेखले ८२ बलमा ४२ रन बनाए । यस्तै शरद भेषावकर १९, दिपेन्द्रसिंह ऐरी १, ज्ञानेन्द्र मल्ल ८ र अनिल कुमार साह शून्यमा आउट भएका थिए ।

यसअघि टस हारेर पहिला व्याटिङ गरेको केन्याले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । केन्यालाई १ सय ७७ को मध्यम स्कोरमा रोक्न सन्दिप लामिछानेले सर्वा्धिक ५ विकेट लिए । उनले १० ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिए ।

विश्व क्रिकेट लिग डिभिजन टु मा १४ विकेटसहित सन्दिप सबैभन्दा धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । प्रतियोगितामा अहिलेसम्म खेलेका ४ मध्ये ३ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ ।

आफूले खेलेका तीनै खेल हारेको केन्या भने अंक तालिकाको पुछारमा छ । ६ टिम सहभागी यो प्रतियोगिताको शीर्ष २ मा पर्न सके नेपालले विश्वकप छनौट खेल्न पाउने छ । नेपाले अब आफ्नो अन्तिम खेल बुधबार क्यानडासँग खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu