ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने प्रचण्डको घोषणा


एबीसी न्यूज
१० पुस २०८०, मंगलबार   ९ : ४४   बजे

काठमाडौं, १० पुस । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी’ नाराका साथ चलाइएको अभियान सकिनासाथ विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने घोषणा गरेका छन् ।नेपाली मौलिकतासहितको नयाँ विचार निर्माणको ताकतले मात्रै माओवादी पुरानै ताकतमा फर्किने र समाजवादी क्रान्ति सफल हुने भन्दै प्रचण्डले आगामी केन्द्रीय कमिटी बैठकबाट विचार र विकास निर्माणको अभियानबारे निर्णय गर्ने बताए ।३१ औं माओ जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘तुरुन्तै अर्को अभियानमा जानै पर्छ ।

त्यो अभियान विचार निर्माण र विकास निर्माणको अभियान हुनेछ ।’नेकपा माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि तीन महिनासम्म जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरेको थियो । त्यो अभियान एक महिना थपेको माओवादी केन्द्रले यही पुस १६ गते औपचारिक समापन गर्दै छ । अभियान सकिएलगत्तै फेरि अर्को अभियान सुरु गर्ने प्रधानमन्त्री एवम् एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ छ ।

‘यो अभियान सकिएपछि केन्द्रीय कमिटी बैठकबाट हामी अर्को अभियान विचार संश्लेषणको अभियान, विचारकै विषयमा बढी छलफल, जनतासँग अन्तर्क्रिया पनि विचारकै विषयमा गर्ने गरी जाँदै छौं,’ मंगलबारको कार्यक्रममा प्रचण्डले भने, ‘यही कुरा यदि पुरा गर्न सक्यौं र हाम्रो मौलिकता, हाम्रो विचारको पहिचान, त्यसबाट संगठनको ताकत र जनताको ताकत निर्माण गर्न सक्नैपर्छ हामीले । त्यो सक्दाखेरि फेरि हामी हिजोको माओवादीभन्दा जस्तो थियो, त्यही ठाउँमा समाजवादी क्रान्तिकालमा फेरि पुर्याउन सकिन्छ, पुर्याउनैपर्छ ।’ प्रधानमन्त्री प्रचण्डले विशेष गरी पार्टीका युवाहरुलाई अध्ययन, चिन्तन मननतिर र विचार विकास गर्ने तिर ध्यान दिन अपिलसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

सम्बन्धित

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएका सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, प्रश्नपत्र चुहावटविरुद्ध सरकारको कदमपछि निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu